बढाएको पारिश्रमिक पाउनुपर्ने भन्दै पर्वतका बालविकास सहयोगी आन्दोलित « Khabarhub

बढाएको पारिश्रमिक पाउनुपर्ने भन्दै पर्वतका बालविकास सहयोगी आन्दोलित


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- सरकारले चालु आर्थिक वर्षको बजेट घोषणा गर्ने क्रममा बढाएको पारिश्रमिक पाउनुपर्ने माग राख्दै जिल्लाका बाल विकास सहयोगी आन्दोलित बनेका छन् ।

कुस्मा नगरपालिकाभित्रका विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीले आन्दोलन थालेका हुन् ।

सरकारले घोषणा गरेको पारिश्रमिक चार महिना बितिसक्दासमेत पालिकाले उपलब्ध नगराएको भन्दै उनीहरूले बढेको पारिश्रमिक नपाएसम्म विद्यालय नफर्किने बताएका छन् । सरकारले तोकेअनुसारकै मासिक रु १५ हजार पारिश्रमिक पाउनुपर्ने भन्दै कुश्मा नगरपालिकाका सहजकर्ता र विद्यालयका कर्मचारी कुस्मास्थित नगरपालिकाको कार्यालयमा धर्ना दिँदै आएका छन् ।

कुस्मा नगरपालिकाले दसैं भत्तासहित रु ६ हजारका दरले तीन महिनाको तलब खातामा जम्मा गर्न बैंकमा पठाएको सूचना पाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन । ‘सरकारले जेठमै घोषणा गरेको पारिश्रमिक दसैँ आउँदासम्म पनि पाउने छाँटकाँट देखिएन’, बाल विकास सहजकर्ता दिव्या सापकोटाले भने ।

कुस्माका विद्यालयमा ७३ बाल विकास सहजकर्ता, ६५ सहयोगी र १८ कर्मचारी छन् । नगरपालिकाका सबै विद्यालयमा बाल विकास सहजकर्ता, आधारभूत विद्यालयमा विद्यालय सहयोगी र माध्यमिक तहमा लेखाको समेत हेर्ने गरी विद्यालय कर्मचारीको व्यवस्था सरकारले गरेको थियो ।

चाडपर्व खर्चसहित पहिलो चौमासिकको पारिश्रमिक जम्मा गर्दा नै बढेको पारिश्रमिक पाउनुपर्ने उनिहरूको माग छ । बाल विकास सहयोगीको मागप्रति नेपाल शिक्षक सङ्घ र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले ऐक्यबद्धता जनाएका छन् । सङ्गठनका जिल्ला अध्यक्ष चिरञ्जीवी अधिकारीले बालविकासका शिक्षक र विद्यालयका कर्मचारीमाथि अन्याय भएको बताए ।

नगरपालिकाले भने सङ्घीय सरकारले बजेट वक्तव्यमा घोषणा गरेर सोहीअनुसार रकम नपठाउँदा बढेको पारिश्रमिक दिन समस्या भएको जनाएको छ । कुस्मा नगर शिक्षा अधिकृत विष्णु तिवारीले शिक्षिकाको माग जायज भए पनि बढेको पारिश्रमिक दिन नगरपालिकाबाट निर्णय नभएको जनाए । ‘नगरपालिकालाई वार्षिक रु दुई करोड अतिरिक्त भार बढ्छ’, उनले भने ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ०३ बजे

अल्झन, आरोप प्रत्यारोपबीच सिरियाको सङ्क्रमणकालको एक वर्ष पूरा

जेनेभा – सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल