‘च्यालेञ्ज’ खिच्न अन्तरिक्षतर्फ उड्यो रुसी फिल्म टोली « Khabarhub

‘च्यालेञ्ज’ खिच्न अन्तरिक्षतर्फ उड्यो रुसी फिल्म टोली


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को(दैनिक भास्कर)– विश्वभर ‘ग्राभिटी’, ‘इन्टरस्टेलर’, ‘स्टोअवे’ जस्ता फिल्म छन्, जुन फिल्म अन्तरिक्षमा आधारित छन् । अन्तरिक्षमा आधारित भए पनि यी फिल्म त्यहाँ सुटिङ गरिएका छैनन् । विश्वमा हालसम्म कुनै पनि फिल्मको अन्तरिक्षमा सुटिङ गरिएको छैन ।

तर अब रुसका निर्देशक क्लिम शिपेंको अमेरिकी अभिनेता टम क्रुजभन्दा पहिला फिल्मको सुटिङ गर्न अन्तरिक्ष गएका छन् । क्लिप आफ्नो नयाँ फिल्म ‘च्यालेञ्ज’को सुटिङ इन्टरनेसनल स्पेस स्टेसन(आइएसएस)मा गर्दैछन् । यो कुराको जानकारी नासाले सामाजिक सञ्जालमार्फत दिएको हो ।

नासाका अनुसार निर्देशक क्लिम मंगलबार फिल्मको सुटिङका लागि आइएसएसतर्फ गएका छन् । उनको टिममा रुसी अभिनेत्री यूलिया पेरसिल्ड र अन्तरिक्ष यात्री एन्टोन श्काप्लेरोव पनि छन् । योसँगै रुस अन्तरिक्षमा फिल्म सुटिङ गर्ने विश्वकै पहिलो देश बनेको छ ।

नासाले उनीहरु मंगलबार काजकिस्तानको बेकोनूर कोस्मोड्रोमबाट आइएसएसतर्फ उडेका छन् । रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसद्वारा चालक दललाई सोयुज एमएस–१९ अन्तरिक्ष यानबाट आइएसएसका लागि उडान गरिएको थियो ।

यो फिल्मको छायांकनका लागि तालिम दिइएको छ । फिल्मको अलग अलग दृश्य छायांकनका लागि यो टिम अन्तरिक्षमा १२ दिन बस्नेछ । टिमले स्पेस स्टेसनमा ३५ देखि ४० मिनेटको लामो सिक्वेन्स खिच्नेछ ।

फिल्मले एक महिला डाक्टरको कथा भन्नेछ । जो अन्तरिक्ष यात्रीलाई बचाउनका लागि स्पेस स्टेशनतर्फ जान्छिन् । सुटिङपछि यूलिया र क्लिम एक रुसी अन्तरिक्ष यात्रीका साथ पृथ्वीमा फर्किनेछन् ।

यसअघि नासाका साथ अमेरिकी अभिनेता टम क्रुजले आफ्नो नयाँ फिल्मको सुटिङ स्पेसमा गर्ने घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ३६ बजे

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य