यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय « Khabarhub

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका,२०७८ स्वीकृतसहित ६ निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ निर्णय गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले बिद्युतिय राहदानीमा उल्लेख हुने सुरक्षा विशेषता (सेक्युरिटिज् फिचर्स)लाई स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

यसैगरी बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ । नेपाल प्रशासन सेवा तर्फ राजपत्राङ्कित बिशिष्ठ श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने र बैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्य पदमा सहन्यायधिवक्ता डा गोपिचन्द्र भट्टलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै बैठकले ऋण असुलीकरणको कानून सदस्य पदमा उपसचिव विष्णु रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले असोज २४ गतेदेखि सुरु हुने असंलग्न आन्दोलनसम्बन्धी बैठकमा सहभागी हुने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको गठन गरेको उनले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ४६ बजे

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य