फूल खेती गर्ने किसानको दुखेसो : श्रमको मुल्य पनि उठ्दैन « Khabarhub

फूल खेती गर्ने किसानको दुखेसो : श्रमको मुल्य पनि उठ्दैन


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याइनभ्याई छ । उनी हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगि हाल्छिन् । ९ बजेसम्म फूल टिपेर दिउँसो धान काट्न मेला भ्याउँछिन् ।

उनका अनुसार तिहारभित्रै सबै फूल नटिपे पछि खेर जान्छ । विहानभर लगाएर टिपेको फूलको उनको श्रीमान्ले दिउँसो माला उन्छन् । उनले घरसँगैको करिब एक रोपनी बारीमा फूल रोपेको सुनाइन् । यस वर्ष करिब दुई हजार माला तयार हुने उनको भनाइ छ । ‘पहिलेको वर्षको तुलनामा यस वर्ष फूल कम रोपेका छौँ । फूल पनि राम्रो भएन,’ उनले भनिन् । उनीहरूले एउटा मालालाई २५ देखि ३० रुपैँयामा बेच्ने गरेका छन् ।

फूल खेतीमा धेरै मिहिनेत परे पनि श्रमको मूल्य नआउने कृषकहरूको गुनासो छ । सिन्धुली घर भई गुण्डु बस्दै आएका सुबास ब्लोले पनि फूललाई मिहिनेत धेरै गर्नु परे पनि उचित मूल्य नआउने बताए । बैशाखमा बेर्ना राखी फूल रोप्न तयार हुन्छ । ‘फूल रोपेदेखि नै दैनिक पानी हाल्नु पर्छ । समयसमयमा किटनाशक औषधि, बढ्ने औषधि हाल्नुपर्छ । साउनको पहिलोको हप्ताबाट फूल टिप्न तयार हुन्छ,’ उनले भने, ‘यो वर्ष तीन हजार माला तयार भएको छ । फूल किन्न दैनिक ठेकदार आउँछ । तर हाम्रो मिहिनेतको मूल्यनै आउँदैन ।’

चार जनाको परिवार रहेको उनको छोराछोरी स्कुलमा पढ्न जान्छन् । मालाबाट बार्षिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी हुने उनले सुनाए । सो रकम केटाकेटी पढाउन, खुवाउन खर्च हुने उनको भनाइ छ । उनले जग्गा भाडामा लिएर फूल खेती गरेका बताए ।

नगरपालिकाबाट फूल खेतीमा बिऊ अनुदान

सूर्यविनायक नगरपालिकाले व्यवसायिक फूलखेती गर्नको लागि फूलको बीऊ अनुदान दिँदै आएको छ । सूर्यविनायक नगरपालिकाका नगर उपप्रमुख जुना बस्नेतले नगरभित्रका स्थानीयलाई ८० प्रतिशत नगरपालिका र २० प्रतिशत स्थानीयको लागतमा फूलका बिऊ वितरण गरेको बताए ।

तर नगरपालिकाले दिएको फूलका बिऊले राम्रो उत्पादन नदिएको गुनासो कृषकको छ । गुण्डुका सीता थापाले नगरपालिकाले दिएको बिरुवा राम्रो नभएपछि अर्कै बिऊ रोपेको बताए । फार्म बनाएर रोप्नेको फूल राम्रो भए पनि बाहिर रोप्नेको राम्रो नभएको उनले सुनाइन् । भक्तपुरमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा व्यवसायिक रुपमा मखमली र सयपत्री फूल खेती हुँदै आएको छ ।

तिहारमा भक्तपुरमा वार्षिक चारदेखि पाँच करोडसम्मको फूल बिक्री हुने नगरपालिकाले जनाएको छ । तर स्थानीय तहले व्यवसायिक फूल खेती गर्नेलाई सहयोग नगरेको फूल व्यवसायीहरू बताउँछन् । ताथलीका राम बनमालाले अन्य सामग्रीको भाउ निर्धारण भए पनि फूल र मालाको भाउ निर्धारण गरि नदिएकोमा दुखेसो पोखे । फूलको मूल्य निर्धारण नभएसम्म कृषकहरू बिचौलियाको मारमा पर्ने उनले बताए ।

भक्तपुरमा उत्पादित फूल भक्तपुरभित्रैका बजार, काठमाडौँ, ललितपुरलगायत स्थानमा बिक्री हुने उनीहरू बताउँछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १ : ४३ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी