अब कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाइनबाटै पढ्न पाइने « Khabarhub

अब कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाइनबाटै पढ्न पाइने


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अब कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक अनलाइन माध्यमबाटै पढ्न पाइने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्य पुस्तक पढ्न र हेर्न सकिने छ ।

कोभिड–१९को प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारीको शुभारम्भ गरिएको हो । कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीलाई मध्यनजर गर्दै पढ्न र हेर्न सकिने गरी तयार गरिएको सिकाइ चौतारीको शुभारम्भ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गरेका छन् ।

पोर्टलमा कक्षा कोठामा विद्यार्थीलाई खेल खेलाउन सकिने, डिस्नेरीबाट शब्द खोज्न सकिने, गाह्रो विषयलाई भिडियोमार्फत हेर्न सकिने गरी विकास गरिएको छ ।

दुरदराजका विद्यार्थीलाई लक्षित गरी कार्यक्रमलाई सहज, सरल ग्रहणशील गराउनुपर्ने मन्त्री पौडेलले बताए । ‘शहरमा प्रविधिको विकास भइसकेको छ,’ मन्त्री पौडेलले भने’, ‘यो गाउँका कुना कन्दराका विद्यार्थीले सहजै चलाउन सक्ने गरी निर्माण गर्नुपर्छ ।’

‘सबै विद्यार्थीले बुझ्ने सरल, सहज, प्रविधिमैत्री हुनुपर्नै विषयलाई मध्यनजर गर्दै थप विकशीत गराउँदै लैजान मन्त्री पौडेलले जोड दिएका छन् ।

सिकाई चौतारी चलाउँदा न्युनतम प्रविधिको प्रयोग हुने र यो सबैको पहुँचमा पुर्‍याउन पोर्टल थप व्यवस्थित बनाउने काम भइरहेको रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिए ।

इन्जिनियर कविन्द्र मानन्धरले लामो समयको कसरतपछि यो कामले सफलता पाएको बताए । उनले भने, ‘हामी अमेरिकन नागरिक तथा अन्य विज्ञसँगको छलफलपछि यो पोर्टलको शुभारम्भ गरेको छौं’ यसलाई विकास गरी सबैको पहुँचमा पुर्‍याउने हाम्रो लक्ष्य छ ।’

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १ : १६ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी