पटाका पड्काउने सोचमा हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा « Khabarhub

पटाका पड्काउने सोचमा हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिहारमा उल्लास साटासाट गर्न र रमाइलोकालागि पटाका पड्काउने धेरैको चलन छ । घरका ससाना बालबालिका खुसी हुने भएकाले धेरैले पटका पड्काएर दीपावली मनाउने गर्दछन् । तर पटाका पड्काउँदा धनको खर्च त छदैं छ, सुरक्षाको जोखिम पनि उच्च हुन्छ ।

पटाका पड्काउँदा यसले क्षण भरकालागि दीपावली उल्लासमय त बनाउँला, तर यसले ज्यान समेत वातावरण पनि प्रदूषित बनाउँछ । साथै आगलागी र स्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्छ । अझ बजारमा पाइने कतिपय पटाका त बम जत्तिकै शक्तिशाली हुन्छन् । त्यसैले यस्ता पटाका पड्काउँदा ज्यान समेत मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

पटाकामा बिभिन्न रसायन र धातुहरू मिलाइएको हुन्छ । जसले वतावरणीय प्रदूषण बढाउने गर्छ । जो मानव शरीरकालागि खतरनाक मानिएका लिड, सल्फडडाइअक्साईड, नाइट्रस अक्साईड र बारुद आदि पदार्थ र रसायनको प्रयोग असीमित मात्रामा गरिएको हुन्छ ।

यस्ता पटाका पड्काएपछि धूवाँको माध्यमबाट वायुमण्डलमा पुगी हावामा मिसिने गर्छ । पछि हामीले लिएको श्वासबाट ती खतरनाक धातु मिश्रित रसायन शरीरमा प्रवेश भई फोक्सोसम्म पुग्ने गर्छ । यसबाट दम, एलर्जी जस्ता रोगहरू मात्र नभएर विस्तारै क्यान्सर जस्ता प्राण घातक रोगसमेत लाग्ने गर्छ ।

लिड  गह्रौँ  धातु भएकाले यो विषालु हुन्छ । जो मानिसको रगतमा प्रवेश गरे केन्द्रीय स्नायु प्रणालीमै असर पार्छ । जसले मिर्गाैला खराब पनि गर्न सक्छ । गर्भवती महिलाका शरीरमा लिडको मात्रा बढी भए गर्भपतन हुने सम्भावना समेत हुन्छ । अझ बच्चामा लिड सजिलै शरीरमा प्रवेश गर्न सक्छ । त्यसैले पटाका पड्काउँदा उनीहरूको स्वास्थ्य विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

तिहारदेखि छठसम्म बजारमा थरिथरिका पटाका लुकाइछिपाइ बेचेको भेटिन्छ । नेपालमा प्रतिबन्धित पटाका अवैध तस्करीबाट भित्रिन्छ । बजारमा प्रहरीले पटाका बेचबिखनमा कडा गरे पनि नियन्त्रण हुन सकेको छैन । यस्तोमा आफू, परिवार र घरका बालबालिकालागि पनि पटाकाको प्रयोग गर्नबाट सबै जिम्मेवार बन्न आवश्यक छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ६ : २२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर