मुस्ताङमा पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला « Khabarhub

मुस्ताङमा पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् ।

वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप्रा गाउँको खम्पा क्याम्प नजिकैको निच्जा जङ्गलमा पासो थापेर मारिएको मृग र फ्याउरो फेला पारेको हो ।

प्रहरी निरीक्षक आशिष अधिकारीले दुई दिन गस्ती गर्दा एउटा भाले कस्तुरी जिउँदो, दुई भाले, दुई पोथी कस्तुरी मृग र एउटा फ्याउरो मृत भेटिएको जानकारी दिए । ‘पासोमा परेको जिउँदो भाले कस्तुरी मृग जङ्गलमै छोडेर आएका छौँ’, उनले भने, ‘तस्करले बनाएको १४१ थान पासोसमेत बरामद भएको छ ।’

अखेटोपहार तस्करी गर्नका लागि वन्यजन्तुलाई पासो थापेर मारिएको हुनसक्ने प्रहरीको अनुमान छ । पहिलो दिन १२ किलोग्राम तौल भएको एउटा भाले, १२ किलोग्राम २८० ग्राम तौल भएको दुई वटा पोथी कस्तुरी र पाँच किलो ३५० किलोग्राम तौल भएको भाले फ्याउरो मृतावस्थामा भेटिएको थियो ।

दोस्रो दिन १३/१३ किलोग्राम तौल भएको मृत र जिउँदो एक/एक वटा मरेको भाले कस्तुरी भेटिएको थियो । भाले कस्तुरीको नाभी जडीबुटीका रूपमा धेरै मूल्यमा बिक्री हुने गर्छ ।

पोथी कस्तुरी मृगको नाभी हुँदैन् । नाभीका लागि भाले कस्तुरीको अवैध शिकार हुने गर्छ । नाभी काटेर लगिएका भाले कस्तुरी सडेगलेको अवस्थामा थियो ।

पासोसहित मृतावस्थामा भेटिएका वन्यजन्तु व्यवस्थापनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय जोमसोममा बुझाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । चोरी शिकार गर्ने समूहको खोजी तीव्र बनाइएको उनले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : ५९ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु