मुख्यमन्त्री पाण्डेद्वारा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर अवलोकन | Khabarhub Khabarhub

मुख्यमन्त्री पाण्डेद्वारा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर अवलोकन


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशका मुुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चन्द्रागिरि नगरपालिका वडा नं १२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’को शुक्रबार अवलोकन एवं निरीक्षण गरेका छन् ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले यातायातको साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ ।

नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न दाबी गरिएको सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । पछिल्लो समय कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुँदै आएको छ ।

मुख्यमन्त्री पाण्डेलाई एकेडेमीका अध्यक्ष राजेश घिमिरे, महाप्रबन्धक माधवप्रसाद अधिकारी, सञ्चालकत्रय रामनारायण घिमिरे, देबेन्द्र प्रधान तथा पूर्ण श्रेष्ठले एकेडेमीले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा उनहरुले मुख्यमन्त्री समक्ष लाइसेन्स प्राप्त गर्ने सहज बातावरण तयार गरिदिन , ‘ट्रायलको कोटा ’बृद्धि गरिदिन , लाइसेन्स परीक्षाका लागि फाराम भर्न ‘सर्वर’लाई चुस्त राख्ने वातावरण तयार गरिदिन तथा प्रदेश कार्यालयबाट पनि लाइसेन्स वितरणका लागि उचित वातावरण तयार गरिदिन आग्रह गरेका थिए।

मुख्यमन्त्री पाण्डेले भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले हाल गरिएको सेवाको उच्च प्रशंसा गर्दै प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने आवश्वासन दिएका थिए । सो अवसरमा प्रदेशसभा सदस्य रमा आले मगरको समेत उपस्थिति रहेको थियो ।

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा आर्थिक सङ्कट परेको जनाइएको छ । “सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको छ । सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौँ । हामी चरम आर्थिक सङ्कट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत सुविधा पाएका छैनौँ”, एकेडेमीका सञ्चालक रामनारायण घिमिरे भने ।

उनका अनुसार सो एकेडेमीमा लाइसेन्सका लागि दैनिक दुईहजार भन्दा बढी प्रयोगात्मक परीक्षा (ट्रायल दिन) सञ्चालन गर्न सकिने आवश्यक पूर्वाधार रहेको छ तर सरकारले को ‘ट्रायलको कोटा’ निर्धारण गरिदिँदा आफ्नो क्षमता उपयोग गर्न पाएको छैन ।

एकेडेमीले सामाजिक दायित्वअन्तर्गत कोरोनाका बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्साका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो ।

यसैगरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख आर्थिक सहयोगसमेत गरेको थियो । साथै एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याएको महाप्रबन्धक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : ०० बजे

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा