मुख्यमन्त्री पाण्डेद्वारा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर अवलोकन « Khabarhub

मुख्यमन्त्री पाण्डेद्वारा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर अवलोकन


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशका मुुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चन्द्रागिरि नगरपालिका वडा नं १२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’को शुक्रबार अवलोकन एवं निरीक्षण गरेका छन् ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले यातायातको साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ ।

नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न दाबी गरिएको सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । पछिल्लो समय कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुँदै आएको छ ।

मुख्यमन्त्री पाण्डेलाई एकेडेमीका अध्यक्ष राजेश घिमिरे, महाप्रबन्धक माधवप्रसाद अधिकारी, सञ्चालकत्रय रामनारायण घिमिरे, देबेन्द्र प्रधान तथा पूर्ण श्रेष्ठले एकेडेमीले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा उनहरुले मुख्यमन्त्री समक्ष लाइसेन्स प्राप्त गर्ने सहज बातावरण तयार गरिदिन , ‘ट्रायलको कोटा ’बृद्धि गरिदिन , लाइसेन्स परीक्षाका लागि फाराम भर्न ‘सर्वर’लाई चुस्त राख्ने वातावरण तयार गरिदिन तथा प्रदेश कार्यालयबाट पनि लाइसेन्स वितरणका लागि उचित वातावरण तयार गरिदिन आग्रह गरेका थिए।

मुख्यमन्त्री पाण्डेले भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले हाल गरिएको सेवाको उच्च प्रशंसा गर्दै प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने आवश्वासन दिएका थिए । सो अवसरमा प्रदेशसभा सदस्य रमा आले मगरको समेत उपस्थिति रहेको थियो ।

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा आर्थिक सङ्कट परेको जनाइएको छ । “सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको छ । सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौँ । हामी चरम आर्थिक सङ्कट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत सुविधा पाएका छैनौँ”, एकेडेमीका सञ्चालक रामनारायण घिमिरे भने ।

उनका अनुसार सो एकेडेमीमा लाइसेन्सका लागि दैनिक दुईहजार भन्दा बढी प्रयोगात्मक परीक्षा (ट्रायल दिन) सञ्चालन गर्न सकिने आवश्यक पूर्वाधार रहेको छ तर सरकारले को ‘ट्रायलको कोटा’ निर्धारण गरिदिँदा आफ्नो क्षमता उपयोग गर्न पाएको छैन ।

एकेडेमीले सामाजिक दायित्वअन्तर्गत कोरोनाका बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्साका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो ।

यसैगरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख आर्थिक सहयोगसमेत गरेको थियो । साथै एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याएको महाप्रबन्धक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : ०० बजे

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य