पहिलो पटक मनाइयो राजा हिलिहाङको जन्मोत्सव « Khabarhub

पहिलो पटक मनाइयो राजा हिलिहाङको जन्मोत्सव


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– नेपाल एकीकरणपूर्व तत्कालीन विजयपुर राज्यअन्तर्गत पर्ने याङवरक थुम (जिल्ला) का अन्तिम राजा हाङ हिलिहाङ योङहाङको पहिलो पटक जन्मोत्सव मनाइएको छ ।

राजा हिलिहाङको २९५औं जन्मजयन्तीका अवसरमा बिहीबार पाँचथरको हिलिहाङ गाउँपालिका–४ स्थित ऐतिहासिक हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा कार्यक्रमको आयोजना गरी जन्मोत्सव मनाइएको हो । राजा हिलिहाङको जन्मोत्सवका अवसरमा उक्त क्षेत्रमा स्थापित प्रतिमामा माल्यार्पण गरिनुका साथै उनको योगदानको चर्चा गरिएको थियो।

नेपाल एकीकरणका लागि अगाडि बढेको गोरखाली फौजसँग १७ पटकसम्म अपराजित याङवरक थुमका राजा हिलिहाङले विसं १८३१ मा आफ्नो राज्यलाई स्वशासनको अधिकार सहित नेपालको मातहतमा राख्न सम्झौता गरेका थिए । हिलिहाङको योगदानकै कारण एकीकरण अभियान सफल भएको र नेपालको अहिलेको स्वरूप कायम भएको भन्दै जन्मजयन्तीका अवसरमा राजा हिलिहाङको जन्मोत्सवलाई पर्वका रूपमा मनाउन तथा राष्ट्रिय विभूति घोषणा गर्न यहाँका सरोकारवालाले मागसमेत गरेका छन् ।

हिलिहाङ गाउँपालिका र हिलिहाङ फाउन्डेसनले विगत पाँच वर्षदेखि भग्नावशेषमा परिणत दरबार क्षेत्रको संरक्षण, इतिहासको खोजी तथा हिलिहाङको पहिचान झल्कने संरचना निर्माण गर्दै आएका छन् । यस क्रममा दरबार क्षेत्रमा राजा हिलिहाङको सालिक निर्माण गरिएको छ भने मेची राजमार्गबाट दरबार क्षेत्र प्रवेश गर्ने स्थानमा प्रवेशद्वार र सोको माथि सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

राजा हिलिहाङले नेपाल एकीकरणमा गरेको योगदानको सम्मान गर्दै उनकै नामबाट पाँचथरको साबिकका चार वटा गाउँ विकास समितिहरू भारपा, सुभाङ, पञ्चमी र अमरपुरलाई मिलाई ‘हिलिहाङ गाउँपालिका’ नामकरण गरिएपछि हिलिहाङबारे थप खोजी र चर्चा हुन थालेको हो ।

हिलिहाङ फाउन्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङका अनुसार इतिहासमा पहिलो पटक राजा हिलिहाङको जन्मोत्सव मनाइएको हो ।

‘जङ्गलमा छोडिएको झन्डै ३०० वर्ष पुरानो विषय क्रमशः उजागर हुँदै गएको छ’, अध्यक्ष योङहाङले भने, ‘राज्यले चिनेको एकमात्रै दरबार हिलिहाङ दरबार र लिम्बुवानका अन्तिम राजा हिलिहाङ रहेकाले उहाँको योगदानलाई संस्थागत रूपमा सम्मान गर्न जन्मोत्सव मनाउन थालेका हौं ।’

राजा हिलिहाङको सहजीकरणले मात्रै नेपाल एकीकरणले सार्थकता पाई नेपालले अहिलेको स्वरूप ग्रहण गरेकाले उनलाई राज्यले चिन्नुपर्ने तथा सम्मान गर्नुपर्ने योङहाङको माग छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : २० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी