साफ च्याम्पियनसिपका लागि राष्ट्रिय महिला फुटबल टोलीको घोषणा « Khabarhub

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय महिला फुटबल टोलीको घोषणा


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अलिख नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने यु–१९ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलाउँदै २३ सदस्यीय टोली घोषणा गरेका हुन् । यद्यपि एन्फाले यो नामावली सार्वजनिक गरेको छैन ।

घोषित टोलीमा ६ राष्ट्रिय टोलीका खेलाडी समावेश गरिएको छ । गोलरक्षक अन्जना राना मगर, डिफेण्डरहरु विमला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई, रजनी थोकर राष्ट्रिय टोलीका सदस्य हुन् ।

६ खेलाडीले गत साउनमा भएको बंगलोदशविरुद्धको खेल र एएफसी महिला एसियन छनोटमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

यस्तै डिफेण्डर रोजिना श्रेष्ठ, सुस्मा तामाङ, सलोनी राना मगर, मेनुका आले मगर, सरस्वती हमाल, अमिशा कार्कीले यस अघिको यू–१८साफ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

ढाका हुने सिंगल राउन्ड रोविन साफ प्रतियोगिता २५ मंसिरबाट ६ पुससम्म हुनेछ । प्रतियोगिता नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतले सहभागिता जनाउने छन् । नेपालले आफ्नो पहिलो खेलमा २५ मंसिरमा आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यु–१९ नेपाली टोलीको गोलरक्षकमा अन्जना राना मगर, अन्किता राई, सावित्री किसन रहँदा डिफेण्डरमा मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ रहेकी छन् ।

मिडफिल्डरमा सुस्मा तामाङ, हिमा रावत, दिपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीती राई र फरवार्डमा अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा छिन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : १० बजे

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु