कांग्रेस महाधिवेशन : प्रदेश २ मा अझै अनिश्चित | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : प्रदेश २ मा अझै अनिश्चित


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अनिश्चत बनेको छ । प्रदेश अधिवेशनको उद्घाटन भएको ४ दिन भइसक्दा पनि सबै जिल्लाबाट अधिवेशन प्रतिनिधिहरुको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन नसक्दा तोकिएको समयमा प्रदेश अधिवेशन अनिश्चत बनेको हो ।

प्रदेशका २ का ८ वटै जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ । ती मध्ये सप्तरीको १, रौतहटको १ र सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रबाट मतदाताहरुको नाम निर्वाचन समितिलाई प्राप्त भएको छैन । कांग्रेस नेता अमरेश सिंह र प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहको बीचको विवादका कारण सर्लाहीमा अहिलेसम्म अधिवेशनको वातावरण बन्न नसकेको छैन ।

जिल्लाको निर्वाचन समितिबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली शनिवार साँझसम्म पनि उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबारसम्म मतदाता नामावली प्रकाशन हुन सकेको छैन ।

रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन नसकेको प्रदेश निर्वाचन समितिका सदस्य अरुण कुमार यादवले बताए । ‘अहिलेसम्म सबै जिल्लाबाट मतदाताको नामावली प्राप्त हुन सकेको छैन, प्रदेश निर्वाचन समिति सदस्य यादवले भने,‘मतदाताहरुको नामावाली प्रकाशन नहुँदा आइतबार हुने मनोयन पत्र दाखिला समेत स्थगित भएको छ, यस्तोमा प्रदेश अधिवेशन अनिश्चत बनेको छ ।’

‘२० मंसिरसम्ममा निर्वाचन सम्पन्न गर्ने तालिका रहेको भए पनि २० गते सम्म पनि सबै मतदाताहरुको नामावाली प्राप्त हुने सम्भावना कम छ,’ उनले भने, ‘२० गतेसम्म पनि मतदाता नामावली प्राप्त भएको खण्डमा निर्वाचन हुन सक्छ । तर जनकपुरधाममा विवाहपंचमी भएकोले पनि निर्वाचनमा प्रभावित हुन सक्ने सम्भावना हुन्छ । त्यसकारण आज १ बजे सबै पक्षलाई छलफलको लागि बोलाएका छौं । निर्वाचनमा सर्वसम्मतको वातावरण बनेको खण्डमा महाधिवेशन अघि नै प्रदेश अधिवेशन सम्पन्न हुन्छ । नत्र त महाधिवेश पश्चात पनि हुन सक्छ ।’

कांग्रेसको प्रदेश नेतृत्वको लागि अहिलेसम्म तीन जना उम्मेदवारी औपचारिक रुपमा घोषणा गरिसकेकाले अधिवेशन सर्वसमहत हुने सम्भावना न्युन रहेको नेताहरुको भनाइ छ ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट रौतहटका सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रंजित कर्णले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रदेशमा देउवा समूहको पडक बलियो रहेकोले प्रदेश सभापतिका उम्मेदवार कृष्णा यादवले ब्याक हुने सम्भावना नरहेको र मन्त्री यादवलाई उपसभापति निधि र रामचन्द्र पौडल समूहको समर्थन पनि आफूसँग रहेको निर्वाचनमा ब्याक नहुने मन्त्री यादवले दाबी गरेका छन् । त्यसकारण यस्तो अवस्थामा सहमति हुने अवस्था न्यून छ ।

प्रदेश निर्वाचन महाधिवेशन अघि हुने सम्भावना कम देखिएको छ । तर कांग्रेस महोत्तरी सभापति महेन्द्र कुमार रायले महाधिवेशन अघि नै प्रदेश अधिवेशन गर्नुपर्ने पार्टी सभापतिको निर्देशन रहेको बताए ।

प्रदेश अधिवेशनका परिपेक्षक तथा कांग्रेस केन्द्रीय सदस्य रमेश रिमालले भने, ‘अधिवेशनमा ८ वटै जिल्लालाई सहभागी गराउने हाम्रो प्रयास हो । तर सर्लाहीको समस्या अझै समाधान नभएकोले सर्लाही छोडेर पनि प्रदेश अधिवेशन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

यता, निधि समूहका प्रदेश उपसभापति पदका उम्मेदवार प्रफुल्ल घिमिरेले भने, ‘अहिलेको अवस्थामा महाधिवेशन अघि प्रदेश अधिवेशन हुने सम्भावना व्यक्तिगत रुपमा मैले देखेको छैन । सर्लाहीका साथीहरुलाई छोडेर गयो भने यो लोकतन्त्रकको उपहास हुन्छ,यसले पार्टीलाई क्षति हुन्छ । त्यसकारण यो विषयमा पनि पार्टी नेतृत्वले सोच्नुपर्छ ।’

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : ४३ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो