भारतमा चौथो व्यक्तिमा पनि देखियो ओमिक्रोन « Khabarhub

भारतमा चौथो व्यक्तिमा पनि देखियो ओमिक्रोन


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा अर्को एक जनामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्रोन देखिएको हो । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए ।

उनीसँगै भारतमा ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ । पेसाले समुद्री इन्जियर ती व्यक्तिले कोभिडको दुबै खोप लगाएका थिए । मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वरो देखिएको थियो । उनको मुम्बईस्थित कोभिड केयर सेन्टरमा उपचार भइरहेको छ ।

उनको सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुको पनि कोभिड परीक्षण गरिएको छ। उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि जाम्बियाबाट फर्किएका एक व्यक्तिमा पनि ‌ओमिक्रोन भेरयन्ट देखिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ११ : १७ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६