नयाँ ‘मिष्टर नेपाल’को खोजी | Khabarhub Khabarhub

नयाँ ‘मिष्टर नेपाल’को खोजी


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक्सपोज नेपालले आयोजना गर्दै आएको पुरुष सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल’ को नयाँ संस्करण आयोजना हुने भएको छ ।

यसपटक यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले गर्दैछ । आयोजक नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल २०२२’ का लागि आवेदनसमेत खुल्ला गरेको छ ।

नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तीमा १८ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ । प्रतियोगिताको अडिसन आगामी माघको दोस्रो सातादेखि सुरु हुँदैछ । यो वर्षबाट आयोजकले बिभिन्न जिल्लामा आयोजना हुने स्थानीय सौन्दर्य प्रतियोगिताका विजेतालाई समेत सहभागीको अवसर प्रदान गर्ने भएको छ ।

‘मिष्टर वर्ल्ड’ मा नेपालको सहभागीता अझ दर्विलो बनाउन र प्रतियोगीतालाई थप उचाइ दिने उद्देश्यका साथ आफ्नो संस्था ‘मिष्टर नेपाल’ मा जोडिएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए । प्रतियोगीताको शिर्ष विजेताले ‘मिष्टर वर्ल्ड २०२२’ मा सहभागिताको अवसरको अलवा बिभिन्न उपहार समेत हात पार्नेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  २ : १३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका