थप २०५ मा कोरोना सङ्क्रमण पुष्टि « Khabarhub

थप २०५ मा कोरोना सङ्क्रमण पुष्टि


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ७४७ जनाको नमूना परीक्षण गरिएको थियो । यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४६ लाख ६२ हजार ६८० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या सात लाख ४२ हजार २०४ पुगेको छ । पछिल्लो समय थप ४३६ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार ५४४ पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५७ हजार ९३० रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ५०७ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा छ हजार १६३, संस्थागत आइसोलेसनमा ३४४, सघन उपचारकक्षमा १०७ र भेन्टिलेटरमा २८ जनाको उपचार हुँदैछ ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, नवलपरासी (पूर्व), बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र सल्यान रहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ०५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको