कोरोनाको नयाँ भेरियन्ट : सीमामा कडाइ गर्न संसदीय समितिको निर्देशन « Khabarhub

कोरोनाको नयाँ भेरियन्ट : सीमामा कडाइ गर्न संसदीय समितिको निर्देशन


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले नेपाल प्रवेश गर्ने नाकामा खोप कार्ड र कोरोना परीक्षण गरेरमात्रै आवतजावतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले भारतमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको भन्दै नेपालमा भारतबाट आवतजावतका बेला आवश्यक सतर्कता अपनाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकले नयाँ भेरियन्ट ओमिक्रोन रोकथाममा आवश्यक तयारी अहिलेदेखि नै सुरु गर्न पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् । त्यस्तै उनले कोरोनाको खोप सवै नागरिकसम्म पुर्‍याउने गरी व्यवस्था गर्न पनि निर्देशन दिएको बताइन् ।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाबिरुद्धको बुस्टर डोज दिने तयारी भइरहेको जानकारी दिए । यस बिषयमा मन्त्रालयमा छलफल भइसकेको र आगामी मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने उनले बताए।

उनले नेपालमा अव कोरोनाबिरुद्धको प्रयाप्त खोप रहे पनि लक्षित समूह खोप लगाउन नआएका कारण अव नयाँ व्यवस्था गरी सवै नागरिकलाइ खोप लगाउने जानकारी दिए ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : २५ बजे

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय, शुक्रबारदेखि लगातार पाँच दिन बिदा

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार