कोरोनाको नयाँ भेरियन्ट : सीमामा कडाइ गर्न संसदीय समितिको निर्देशन | Khabarhub Khabarhub

कोरोनाको नयाँ भेरियन्ट : सीमामा कडाइ गर्न संसदीय समितिको निर्देशन


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले नेपाल प्रवेश गर्ने नाकामा खोप कार्ड र कोरोना परीक्षण गरेरमात्रै आवतजावतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले भारतमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको भन्दै नेपालमा भारतबाट आवतजावतका बेला आवश्यक सतर्कता अपनाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकले नयाँ भेरियन्ट ओमिक्रोन रोकथाममा आवश्यक तयारी अहिलेदेखि नै सुरु गर्न पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् । त्यस्तै उनले कोरोनाको खोप सवै नागरिकसम्म पुर्‍याउने गरी व्यवस्था गर्न पनि निर्देशन दिएको बताइन् ।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाबिरुद्धको बुस्टर डोज दिने तयारी भइरहेको जानकारी दिए । यस बिषयमा मन्त्रालयमा छलफल भइसकेको र आगामी मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने उनले बताए।

उनले नेपालमा अव कोरोनाबिरुद्धको प्रयाप्त खोप रहे पनि लक्षित समूह खोप लगाउन नआएका कारण अव नयाँ व्यवस्था गरी सवै नागरिकलाइ खोप लगाउने जानकारी दिए ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : २५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र