रसुवा बन्यो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला | Khabarhub Khabarhub

रसुवा बन्यो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो ।

जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी खोप लगाउन योग्य सबैलाई पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले जानकारी दिए ।

खोप लगाउन योग्य सबैले पूर्ण खोप पाएसँगै खोप अभियान सक्किएको उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयमा ६ सय डोज खोप रहेको छ । खोप लगाउन छुटेका कोही आए लगाइने चालिसेले बताए ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा ४४ हजार ९ सय ८१ जनसंख्या छ । जसमध्ये १८ वर्ष माथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य २९ हजार १ सय ६ जना रहेका छन् । तीमध्ये २९ हजार १ सय १ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप पाएका छन् । जुन ९९ दशमलव ९९ प्रतिशत हो ।

कोरोनाविरुद्धको पहिलो मात्राको कोभिसिल्ड खोप ३ हजार २ सय ८० जनाले पाएका छन् । २० हजार २ सय १७ जनाले भेरोसेलको पहिलो मात्राको खोप पाएका छन् । ३ हजार ६ सय ४ जनाले एष्टाजेनेकाको खोप पाएका छन् भने एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन दुई हजारले लगाएका छन् ।

त्यसैगरि, कोरोनाविरुद्धको दोस्रो मात्राको खोप ९४ दशमलव २८ प्रतिशतले पाएका छन् । कोरोनाविरुद्धको दोस्रो मात्राको कोभिसिल्ड खोप १ हजार ३० जनाले पाएका छन् । २० हजार १ सय ५६ जनाले भेरोसेलको दोस्रो मात्राको खोप पाएका छन् । एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन खोप २ हजारलाई लगाइएको जनाइएको छ । कूल ४ हजार २ सय ५६ जनाले एष्टाजेनेका खोप लगाएका छन् ।

९४ दशमलव २८ प्रतिशत नागरिकले जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप लगाएको पाइएको छ । बाँकीले पहिलो खोप जिल्लामै लगाए पनि दोस्रो खोप बाहिरी जिल्लामा लगाएको पाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : ४० बजे

बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको