मोटरसाइकल चोरी गर्ने गिरोहका ४ पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गर्ने गिरोहका ४ पक्राउ


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ ।

चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–८ का २८ वर्षीय वसन्तकुमार गुरुङ, वडा नं ९ का २१ वर्षीय मेलोन सुनार, वडा नं ११ का १८ वर्षीय शिव विक र गोर्खाको भीमसेन थापा गाउँपालिका वडा नं ५ घर भई भरतपुर–८ बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई प्रहरीले चोरीका तीन थान पल्सर मोटरसाइकल र एक थान स्कुटरसहित पक्राउ गरेको हो । उनीहरु जिल्लाका विभिन्न ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले घरमा राखिएका सवारीसाधन चोरी गरेर नम्बर प्लेट फेरेर बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

मोटरसाइकल चोरी गर्ने गिरोहका अन्य व्यक्ति अझै जिल्लामा रहेको भन्दै उनले उनीहरुको खोजी कार्य भइरहेको बताए । पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २४२ को उपदफा २ बमोजिम तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना मागसहित अदालतमा मुद्दा दर्ता गरिएको गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ५ : २८ बजे

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ