मोटरसाइकल चोरी गर्ने गिरोहका ४ पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गर्ने गिरोहका ४ पक्राउ


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ ।

चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–८ का २८ वर्षीय वसन्तकुमार गुरुङ, वडा नं ९ का २१ वर्षीय मेलोन सुनार, वडा नं ११ का १८ वर्षीय शिव विक र गोर्खाको भीमसेन थापा गाउँपालिका वडा नं ५ घर भई भरतपुर–८ बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई प्रहरीले चोरीका तीन थान पल्सर मोटरसाइकल र एक थान स्कुटरसहित पक्राउ गरेको हो । उनीहरु जिल्लाका विभिन्न ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले घरमा राखिएका सवारीसाधन चोरी गरेर नम्बर प्लेट फेरेर बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

मोटरसाइकल चोरी गर्ने गिरोहका अन्य व्यक्ति अझै जिल्लामा रहेको भन्दै उनले उनीहरुको खोजी कार्य भइरहेको बताए । पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २४२ को उपदफा २ बमोजिम तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना मागसहित अदालतमा मुद्दा दर्ता गरिएको गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ५ : २८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु