कलंकी–नागढुङ्गा क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाइने « Khabarhub

कलंकी–नागढुङ्गा क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाइने


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरि नगरपालिकाले अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउने भएको छ ।

नगरपालिकाले कलंकी–नागढुङ्गा–पिपलामोड सडकमा जथाभावी रुपमा राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार, विज्ञापन ब्यानर, पम्प्लेटले नगरपालिकाको सौन्दर्यता बिग्रँदै गएको र सडक क्षेत्र कुरुप बन्दै गएको भन्दै हटाउन लागेको हो ।

सो नगरपालिका काठमाडौँ प्रवेशद्वारको मुख्य नाकासमेत भएकाले यस क्षेत्रमा धेरै विज्ञापन ब्यानर र पम्प्लेट राखिएका छन् । चन्द्रागिरिमा काठमाडौँ भित्रिने पृथ्वी राजमार्गको ११ किलोमिटर सडक पर्दछ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले सुन्दर चन्द्रागिरि निर्माणका लागि राजमार्ग क्षेत्रमा जथाभावीरुपमा राखिएका विज्ञापन ब्यानर, पम्प्लेट र अव्यवस्थित राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार हटाउन लागेको जानकारी दिए ।

“नगरपालिकाको अनुमति बेगर अव्यवस्थितरुपमा राखिएका ब्यानर सात दिनभित्र नहटाए नगरपालिकाले हटाउँछ र हटाउन लाग्ने खर्च सम्बन्धित कार्यालयबाट असुल उपर गरिनेछ”, नगरप्रमुख गिरीले भने ।

नगरपालिकाले नयाँ सेवा प्रदायक कम्पनी वा संस्थालाई नगरपालिकाको स्वीकृत लिएर मात्र सेवा प्रदान गर्न आग्रह गरेको छ । नपाले यसअघि उक्त राजमार्ग क्षेत्रमा रु एक करोडको लागतमा ६७ अत्याधुनिक सिसी क्यामरा जडान गरिसकेको छ । यस्तै आगामी महिनामा सो राजमार्ग क्षेत्रमा ५०० बत्ती जडान गर्ने कार्यक्रम रहेको नगरप्रमुख गिरीले बताए ।

सो नगरपालिका वाग्मती प्रदेशको सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । पन्ध्र वडामध्ये कलङ्की–नागढुङ्गा–पिपलामोड क्षेत्रमा ११ वडा पर्दछन् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : १७ बजे

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ