ओलीजस्तो निरंकुश र अहंकारी कोही छैन : अध्यक्ष नेपाल (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीजस्तो निरंकुश र अहंकारी कोही छैन : अध्यक्ष नेपाल (भिडियोसहित)


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा ‘दाहाल-नेपाल’ पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई क्षतविक्षत पारेको आरोप लगाएका छन् ।

नेकपाले बुधबार काठमाडौंमा गरेको अन्तरक्रियामा नेता नेपालले संविधानमा व्यवस्था नै नभएको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानलाई क्षतविक्षत पारेको आरोप लगाएका हुन ।

ओलीको कदम असंवैधानिक भएको भन्दै नेपालले त्यसले लोकतन्त्रका मूल्य मान्यतामाथि चोटिलो प्रहार भएको बताए। ‘यो प्रतिगामी कदम पनि हो’, उनले भने।

ओलीले घरमा झगडा भएपछि घरै भत्काइदिने प्रवृत्ति देखाएको समेत आरोप लगाए ।

उनले संसद विघटन गरेसँगै ओली काम चलाउ प्रधानमन्त्री भएको बताए । नेता नेपालले ओलीको अहिलेको शैली निरंकुश र अहंकारी भएको बताए। नेपालले ओलीले षडयन्त्रको तानाबाना बुनिरहेको आफूले सुनिरहेको भए पनि ती सफल नहुने बताए।

हेरौँ भिडियो

राजनीतिक स्थायीत्वको लागि प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने व्यवस्था गरे पनि हुँदै नभएको अधिकार प्रयोग गरिएको उनको आरोप थियो ।

ओलीले संकटकाल लगाउने सम्मको तानाबाना बुनिरिहेको हल्ला आएको भन्दै उनले त्यसलाई सफल हुन नलिने स्पष्ट पारे । प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडक संघर्ष जारी रहेको बताए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ७ : ५१ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको