केपी ओली ‘राजनीतिक क्यान्सर’ हुन् : डा. भट्टराई (भिडियोसहित) « Khabarhub

केपी ओली ‘राजनीतिक क्यान्सर’ हुन् : डा. भट्टराई (भिडियोसहित)


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले संविधानभन्दा माथि रहेर समग्र व्यवस्थामाथि नै ‘कू’ गरेको आरोप लगाएका छन ।

संसद विघटनविरुद्ध काठमाडौँमा भएको कार्यक्रममा नेता भट्टराईले दुईतिहाइ बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली ‘राजनीतिक क्यान्सर’ भएको समेत आरोप लगाए ।

उनले भने, ‘नेकपाभित्र पलाएका क्यान्सरलाई पालेर राख्नुभयो भने तपाइँलाई त खान्छ खान्छ, यो राजनीतिक क्यान्सरले हामीलाई पनि खाने खतरा हुन्छ ।’

हेरौँ भिडियो

यसैबीच कार्यक्रममा कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको एउटा पांग्रो भत्काएको तर्क गरे । बहुमतको प्रधामन्त्रीले पनि संसद् विघटन गर्न नपाउने व्यवस्था गरेको भन्दै उनले असंवैधानिक कदमको विरुद्धमा आन्दोलन जारी रहेको तर्क गरे ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ८ : १२ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको