वाग्मती सफाइ महाअभियान ४०४औँ हप्तामा « Khabarhub

वाग्मती सफाइ महाअभियान ४०४औँ हप्तामा


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती सफाइ महाअभियानको ४०४ औँ हप्तामा आलोकनगर शिव मन्दिर नजिकैको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नवनियुक्त आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, नेपाली सेनाको चण्डी दल गण सिंहदरबार, एस ट्राभल्स, पहिलो पाइला, काठमाडौँ महानगर फोहर व्यवस्थापन विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता समाज, आलोकनगर समुदाय, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त आयोजना प्रमुख बोहरालाई वाग्मती सफाइ महाअभियानले स्वागत गरेको छ । कार्यक्रममा समितिका अध्यक्ष तिमल्सिना र आयोजना प्रमुखले वाग्मती नदी छिटोभन्दा छिटो स्वच्छ बनाउने दृढता व्यक्त गरेका छन् ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान जारी छ । वाग्मतीसँगै उपत्यकामा यसका सहायक नदी पनि सफाइ भइरहेको छ । यसबाट प्रभावित भई हाल देशभर १०६ स्थानमा सफाइ भइरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ३ : ४५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क