काठमाडौँ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित « Khabarhub

काठमाडौँ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न माग राख्दै काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन ।

शनिबार उनीहरुले आफ्ना ट्याक्सीसहित प्रदर्शन गरेका हुन् । ट्याक्सी व्यवसायीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्याक्सीसहित माइतीघरमा भेला भएका थिए ।

वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, बन्द, हड्तालको नाममा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्नेलगायतका मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरुले ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउन प्रर्दशन गरेको जनाएका छन् ।

प्रदर्शनमा सहभागी ट्याक्सीचालकहरुले ‘ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गर’, ‘राजनीतिक हस्तक्षेप बन्द गर’, ‘ट्याक्सी व्यवसासीको लगानी सुरक्षित गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ५ : ०१ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क