अदालतको निर्णय कुर्न दलहरुलाई अध्यक्ष तिमिल्सिनाको आग्रह « Khabarhub

अदालतको निर्णय कुर्न दलहरुलाई अध्यक्ष तिमिल्सिनाको आग्रह


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसात तिमिल्सीनाले दललाई अदालतको फैसला कुरेर देशमा स्थिरताको वातावरण कायम गराउन आग्रह गरेका छन ।

म्याग्दी उद्योग बाणिज्य संघको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनको आज बेनीमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा धैर्यताका साथ अदालतको फैसला कुर्न दललाई आग्रह गरे ।

“देशलाई फेरी स्थिरताको दिशातिर लैजान दल लाग्नैपर्छ । दलको बिकल्प अरु हुनै सक्दैन,” उनले भने, “अब राजतन्त्र फर्कने, हिन्दु राष्ट्र घोषणा हुने सम्भावना छैन । त्यो एक जनाले घोषणा गरेर हुँदैन । गणतन्त्रको बिकल्प सोच्ने संविधानमा ठाउँ छैन ।”

राजनीतिक स्थिरता, शुसासन र विकासका लागि एउटा पार्टीलाई जनताले पाँच वर्षको सरकार चलाउन बहुमत दिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेकपाको आन्तरिक कारणले प्रतिनिधिसभा विघटन हुने अवस्था आउनु दुःखद् भएको बताए ।

तिमिल्सिनाले भने, “शान्त भएर अब अदालतको निर्णय कुर्ने र मानेर अघि बढ्नुको विकल्प छैन ।” अदालतले आफू अनुकूलको निर्णय गर्दा ठिक र नगरे बेठिक भन्न नमिल्ने अध्यक्ष तिमिल्सीनाले बताए । संसद् विघटन सदर गरे सबै चुनावतिर होमिनुपर्ने बताए ।

मालढुङ्गा–बेनी सडक स्तरोन्नित गर्न दुई हप्ताभित्र एक अर्बको ठेक्का सम्झौता हुन लागेको, बेनी–जोमसोम–कोरला, बेनी–दरवाङ सडक आयोजना छिटो सम्पन्न गराउन पहल गरेको र बेनीको कालीपुलदेखि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने मोटरेबल पुल बनाउन बजेट बिनियोजन भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

विघटित प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा, संबिधानसभा सदस्य नवराज शर्मा, रेशम बानियाँ, गोबिन्द पौडेललगायतले म्याग्दीका विकास आयोजनामा ढिलासुस्ति भएकोप्रति ध्यानाकर्षण गराए ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठलगायत उद्योगी व्यवसायीले लगानी र उद्योगमैत्री वातावरण बनाउन आग्रह गरे । अधिवेशन उद्घाटनका अवसरमा राससका म्याग्दी समाचारदाता सन्तोष गौतम र बेनी अनलाइनका सञ्चालक हरिकृष्ण गौतमलाई नगद रु २५/२५ हजारसहित पुरस्कृत गरिएको थियो ।

संघले सञ्चालन गरेको म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा म्याग्दीको पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो । भ्रमण वर्ष र पर्यटनसँग सम्बन्धीत समाचारको मूल्याङ्कन गरेर गौतमद्वयलाई पुरस्कृत गरिएको संघका महासचिव लीलाराम गौतमले बताए । अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि संघको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : १५ बजे

सम्पदाको संरक्षणमा एउटा पहल : आज विश्व सम्पदा दिवस

काठमाडौंँ – सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख शुक्ल

आज २०८३ साल वैशाख ५ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो