संविधानको रक्षा गर्दै कांग्रेसले परिवर्तनलाई संस्थागत गर्नुपर्छ : नेता महत « Khabarhub

संविधानको रक्षा गर्दै कांग्रेसले परिवर्तनलाई संस्थागत गर्नुपर्छ : नेता महत


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा रामशरण महतले भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कलहका कारणले संसद् विघटन गर्नु दुःखद भएको बताएका छन ।

नेपाली कांग्रेसका शुभेच्छुक सस्थाद्वारा संयुक्त रुपमा वीरगञ्जको घण्टाघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनले मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक संकट सिर्जना भएको आरोप लगाए ।

नेता महतले अब कांग्रेस पार्टीलाई सबै नागरिकको भरोसाको केन्द्र बनाउन आवश्यक रहेको बताउँदै कांग्रेसले संविधानको रक्षा गर्दै ७० वर्षदेखिको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल साहको अध्यक्षतामा सम्पन्न भएको सभामा कांग्रेस पर्सा अध्यक्ष अजय द्विवेदीले मुलुकमा बढ्दै गएको अपराध, महँगाई, भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाए ।

यसअघि नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले प्रतिनिधिसभा विघटनविरुद्ध आज वीरगञ्जको घण्टाघर चोकबाट निकालिएको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी पुनः घण्टाघर पुगेर सभामा परिणत भएको थियो ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल प्रेस युनियनलगायतका शुभेच्छुक संस्थाहरूको आह्वानमा नगर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनः स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर र भ्रष्टाचार अन्त्य गरजस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ९ : ११ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति