महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय « Khabarhub

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा.प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ ।

यसैगरी कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकतवमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य भगवती देवको संयोजकत्वमा दर्शन, चन्दन व्यवस्था मन्दिर एवं रात्रिकालीन व्यवस्था समिति बनाइएको छ ।

त्यस्तै परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार समिति, परिषद् सदस्य अर्जुनप्रसाद बाँस्तोलाको संयोजकत्वमा साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्थापन समिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्थापन समिति र परिषद् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था समिति गठन गरिएको छ ।

यसैगरी परिषद् सदस्य देवी बरालको संयोजकत्वमा सरकारी निकाय समन्वय समिति, परिषद् सदस्य उद्धवप्रसाद बरालको संयोजकत्वमा मेला, बजार तथा सजावट व्यवस्था समिति, कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाको संयोजकत्वमा स्वयंसेवा परिचालन समिति र मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन समिति गठन गरिएको कोषाध्यक्ष थापाले जानकारी दिए ।

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ तीव्र बनाइएको छ । आज बिहान वाग्मती सफाइ महाअभियानले समेत पशुपति क्षेत्रमै सफाइ गर्न लागेको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।

कोषले महाशिवरात्रिमा पशुपतिमा आउने जति भक्तजनलाई दर्शन गराउने गरी तयारी शुरु गरेको छ । महाशिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउनसमेत कोषले भक्तजनमा अनुरोध गरेको छ ।

फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ । महाशिवरात्रिका अवसरमा गत वर्ष चैतदेखि कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा कोषले फागुन २५ गतेदेखि शुरु गर्दैछ । महाशिवरात्रिका दिन भने पाँच हजार १०० र रु ११ हजारको मात्र विशेष पूजा गर्ने कोषले घोषणा गरेको छ ।

पाँच हजार १०० को रसिद काटेर विशेष पूजा गर्ने भक्तजनका तर्फबाट दुई जना र रु ११ हजारको रसिद काटेर गरिने विशेष पूजाको रसिदका चार जना कर्तालाई पशुपतिनाथको दर्शन गराइने कोषाध्यक्ष थापाले जानकारी दिए ।

पशुपतिमा महाशिवरात्रिमा दर्शन गर्न आउने भक्तजनले अनिवार्यरुपमा मास्कसहित स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने छ । मूल मन्दिरभित्र भौतिक दूरीसमेत कायम गरेर दर्शन गराउने कोषको तयारी छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ७ : ५५ बजे

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज

मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित 

काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रूपन्देही जिल्ला अदालतको