दुई खेमामा बाँडिएका नेकपाका सांसद सत्तापक्षकै बेन्चमा बस्ने « Khabarhub

दुई खेमामा बाँडिएका नेकपाका सांसद सत्तापक्षकै बेन्चमा बस्ने


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई खेमा विभाजन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अबको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् ।

औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह र प्रचण्ड–नेपाल समूह)लाई सत्तारुढ दल कै बेच्नमा देखिने भएको हो ।

बैठकमा नेकपाका सबै सांसदलाई सत्तापक्षकै बेन्चमा राखिने संसद् सचिवालयले जनाएको छ ।

संसदमा सत्तापक्ष, प्रतिपक्षी र मन्त्रीलाई तीनवटा सेटमा छुट्याइएको हुन्छ। नेकपाका कानूनी रुपमा विभाजन नभएकाले सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नु पर्ने भएको हो ।

राष्ट्रिय सभाको बैठकमा पनि एकै ठाउँमा बस्ने व्यवस्था गरेको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : ५७ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)