खोप सबै नेपालीमा पुर्‍याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी « Khabarhub

खोप सबै नेपालीमा पुर्‍याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास भइरहेको बताएका छन् ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरीद गरी पुर्‍याउने प्रयास भइरहेको बताएका हुन् ।

“सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पुर्‍याउने जटिल छ”, उनले भने, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पुर्‍याउने प्रयासमा छौँ ।”

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १.४ प्रतिशतलाई खोप प्रदान गरेको छ ।

मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए ।

यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ भने १० लाख मात्रा खोप भारतबाट आउने प्रक्रियामा रहेको ।

मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप नेपालमा परीक्षणका लागि धेरै प्रयास भए पनि नदिएको स्पष्ट पारे ।

“खोपको परीक्षण नेपाली जनतामाथि गर्ने धेरै प्रयास भएका थिए”, उनले भने, “तर हामीले नेपाली जनतामाथि परीक्षण गर्न दिएनौँ ।”

उनले अहिले तेस्रो चरणको परीक्षणपश्चात् विश्व स्वास्थ्य सङ्गठनले पनि अनुमोदन गरिसकेकाले ढुक्क भएर कोभिशिल्ड खोप लगाउन सबैमा आग्रह गरे । उनले खोपबारे गलत प्रचार नगर्नसमेत अनुरोध गरे ।

सरकारले भोलिदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालेको छ । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदैछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ५५ बजे

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००