काठमाडौँ मेयर कप क्रिकेट: एपीएफ क्लब एक विकेटले विजयी « Khabarhub

काठमाडौँ मेयर कप क्रिकेट: एपीएफ क्लब एक विकेटले विजयी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको हो ।

टस जितेर एपिएफ क्लबले फिल्डिङ राजेपछि आर्मीले निर्धारित ५० ओभरको खेलमा सबै विकेटको क्षतिमा २३५ रन बनायो ।

दुई सय ३६ रनको विजय लक्ष्य एपिएफले अन्तिम ओभरको दुई बल बाँकी छँदै नौ विकेटको क्षतिमा पूरा गर्‍यो ।

दुई सय ३६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफका लागि सुमित महर्जनले ६०, वसन्त रेग्मीले ४९, अमरसिंह रौटेलाले ३८, शङ्कर रानाले ३३, आशिफ शेखले १२ र भुवन कार्कीले १० रन बनाए ।

बलिङतर्फ त्रिभुवन आर्मी क्लबका विक्रम शोवले तीन, करन केसीले दुई तथा सोमपाल कामी, शाहब आलम र लोकेश बलमे एक–एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा आर्मीका लागि रोहितकुमार पौडेलले ५६, कप्तान विनोद भण्डारीले ४२, लोकेश बमले ३०, सोमपाल कामीले २८, भीम सार्कीले १८, राजेश पुलामीले १७, तथा कुशल मल्लले ११ रनको योगदान दिए ।

बलिङतर्फ एपीएफका अविनाश बोहराले तीन, अमरसिंह रौटेला र भुवन कार्कीले दुई–दुई तथा कमलसिंह ऐरी र वसन्त रेग्मीले एक–एक विकेट लिए । खेलको प्लेयर अफ दी म्याच एपिएफ क्लबका वसन्त रेग्मी घोषित भए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : ५९ बजे

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ ।

बीपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

काभ्रे– बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि

एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै

काठमाडौँ– नेकपा एमालेले आज सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरुसँग छलफल गर्दैछ

चरा अवलोकनका लागि हेटौँडा उपयुक्त गन्तव्य (तस्बिरहरू)

मकवानपुर– चराहरूको अवलोकन गर्न टाढा जंगल वा संरक्षित क्षेत्रमा पुग्नुपर्छ

रास्वपाले आफ्ना सांसद र मन्त्रीबीच ‘पूर्व बजेट छलफल’ गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’