जोनको फिल्ममा प्रहरी अवरोध « Khabarhub

जोनको फिल्ममा प्रहरी अवरोध


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता जोन अब्राहम र अभिनेत्री दिशा पाटनी हालका दिनमा मुम्बईमा फिल्म ‘एक भिलेन रिटर्नस’को सुटिङ गरिहेका छन् । तर फिल्मको समूहलाई कोभिड–१९ को नियम तोडेको आरोप लागेको छ ।

दैनिक भास्करमा प्रकाशित समाचार अनुसार गत शुक्रबार राती मुम्बई प्रहरीले फिल्मको सुटिङ सेटमा पुगेर सुटिङ रोकेको थियो ।

फिल्म मुम्बईको वर्ली गाउँमा भइरहेको थियो । फिल्मको केही दृश्य छायांकन सकिनासाथ प्रहरी पुगेको थियो ।

प्रहरीले सुटिङस्थलमा फिल्म युनिटले भौतिक दुरी कायम नगरेको दाबी गरेको छ । यहीकारण आफूहरुले सुटिङमा रोक लगाएको प्रहरीले जनाएको छ ।

जोन र दिशा यसै फिल्ममार्फत पहिलोपटक फिल्मी सहकार्य गर्दैछन् । मोहित सुरीको निर्देशनमा बनिरहेको फिल्ममा अर्जुन कपूर र तारा सुतारिया पनि प्रमुख भूमिकामा छन् ।

यो फिल्म आगामी वर्ष रिलिज हुँदैछ । यो फिल्म सन् २०१४ मा रिलिज भएको ‘एक भिलेन’ फिल्मको सिक्वेल हो । सिक्वेल अघिको फिल्ममा सिद्धार्थ मल्होत्रा, श्रद्धा कपूर र रितेश देशमुखको अभिनय थियो ।

सन् २०१४ मा यो फिल्मले बक्सअफिसमा सय करोड बढीको कारोबार गरेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : १३ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,