इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्बन्ध सुधारको प्रयास « Khabarhub

इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्बन्ध सुधारको प्रयास


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इराक– इसायी धर्मगुरु पोप फ्रान्सीसले सिट्टे मुस्लिम अगुवासँग सम्वन्ध सुधारको प्रयास गरेका छन् ।

मुस्लिम धार्मिक नेता अयातोल्लाह अलि सिस्तानीसँग उनले शनिबार भेटेर सम्बन्ध सुधारका लागि हात फैलाएका हुन् । उनको यो प्रयास र भेटवार्तालाई आधुनिक धार्मिक इतिहासमै एउटा ऐतिहासिक घटनाका रुपमा लिइएको छ ।

इराकको भ्रमणमा रहेका पोपले आफ्नो भ्रमणको दोस्रो दिनको बिहानै सिस्तानीलाई नाजाफमा रहेको उनकै निवासमा गएर भेटेका हुन् ।

पहिले नै हुने भनिएको भ्रमण कोरोनाभाइरसको महामारीका कारण पछाडि सरेको थियो । यो भ्रमण तथा भेटवार्ता बहुप्रतिक्षित थियो ।

सिस्तानीलाई भेट्न पोप नाजाफ विमानस्थलमा ‌ओर्लिएका थिए । त्यहाँ उनलाई उच्च सतर्कताका साथ स्वागत गरिएको थियो ।

–एएफपी

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : ३१ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर