कोरोना सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृत्यु « Khabarhub

कोरोना सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृत्यु


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना भाइरस सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार कतारमा तीन र रुसमा एक नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको बताए ।

कतारमा पछिल्लो समय कोरोना संक्रमण त्रिब्र रुपमा फैलिरहेको छ । यहाँ पछिल्लो २४ घण्टा ९१० जनामा संक्रमण देखिएको छ भने ४८९ जना उपचारपछि निको भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारमा थप तीन संक्रमितको पनि मृत्यु भएको छ । ४४, ४५ र ५८ वर्षीय नागरिकको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८४ हजार ३३४ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ६६ हजार ४४१ पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले १७ हजार ५७८ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४४२ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

हालसम्म ३०६ जनाले ज्यान गुमाएका छन् । थप तीन नेपालीको मृत्यु भएसंगै कतारमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या २१ पुगेको छ ।

अहिलेसम्म कतारमा ९ लाख ३४ हजार ८४३ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउँदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी बिरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन अनुरोध गरिरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ९ : ३५ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७