जो विवाह अघि नै गर्भवती थिए « Khabarhub

जो विवाह अघि नै गर्भवती थिए


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– केही दिन अघि मात्र अभिनेत्री दिया मिर्जाले आफ्नो बेबी बम्पको तस्वीर सामाजिक सञ्जालमा राखेर सबैलाई आश्चर्यमा पारिदिइन् ।

डेढ महिना अघि मात्र आफ्नो प्रेमी वैभव रेखीसँग दोस्रो विवाह गरेर मालदिभ्समा हनिमुन मनाउन गएको समयमा उनले बेबी बम्पको तस्वीर राखेपछि विवाह अघि नै उनी गर्भवती भएको रहस्य खुलेको थियो ।

बलिउड लाइफका अनुसार बलिउडमा दीया मात्र होइन, अन्य अभिनेत्रीहरु पनि विवाह अघि नै गर्भवती भएका थिए । जुन कुरा सार्वजनिक भएपछि उनका फ्यानहरु चकित परेका थिए ।

अभिनेत्री नेहा धूपियाले सन् २०१८ मा गोप्य रुपमा विवाह गरिन् । उनी विवाह अघि नै गर्भवती भएकी थिइन् । त्यहीकारण उनले हतारोमा विवाह गरिन् । विवाहको करिब ४ महिनापछि उनले बेबी बम्प सार्वजनिक गरिन् ।

अभिनेत्री कल्की कोचलिन हालैमात्र आमा बनिन् । उनले बिना विवाह नै सन्तानलाई जन्म दिइन् ।

नताशा स्तानकोविकले क्रिकेटर हार्दिक पाण्डेसँग विवाह गरिन् । विवाहको साता बित्न नपाउदै उनले बेबी बम्पको तस्वीर सार्वजनिक गरेर सबैलाई छक्क पारिन् ।

दक्षिण भारतीय फिल्मकी अभिनेत्री एमी ज्याक्सनले आफ्नो प्रेमी जर्ज पानायिटूसँग अहिलेसम्म विवाह गरेकी छैनन् । यिनीहरुको एक सन्तान छ ।

अभिनेता अर्जुन रामपालले आफ्नो प्रेमिका मोडल तथा अभिनेत्री गेब्रिएला डेमोट्रिएड्ससँग एक तस्वीर सार्वजनिक गर्दै तेस्रोपटक पिता बन्न लागेको जानकारी दिएका थिए । गेबिएलाले हालसम्म अर्जुनसँग विवाह गरेकी छैनन् । उनीहरु लिभ इन रिलेसनमा छन् ।

अभिनेत्री कोंकणा सेन शर्माले रणवीर शौरीसँग हतारमा विवाह गरिन् । किनकी त्यो समयमा उनी गर्भवती थिइन् । विवाहको केही समयमै उनले आफ्नो बेबी बम्प सार्वजनिक गरिन् ।

दिवंगत अभिनेत्री श्रीदेवीले फिल्म निर्माता बोनी कपूरसँग विवाह गरिन् । तर उनी विवाह अघि नै ७ महिनाको गर्भवती थिइन् ।

दक्षिण भारतीय फिल्मकी अभिनेत्री सारिकाले प्रेमी कमल हसनसँग विवाह अघि नै पहिलो सन्तानलाई जन्म दिइसकेकी थिइन् । कमल र सारिकाले पहिलो बच्चा जन्मिएको दुई वर्षपछि विवाह गरे । सारिका अभिनेत्री श्रुति हासन र अक्षरा हासनकी आमा हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १२ : ०५ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ