‘ओसिन’ लेखक हासिदाको निधन « Khabarhub

‘ओसिन’ लेखक हासिदाको निधन


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानकी ख्यातीप्राप्त फिल्म लेखक सुगाको हासिदाको ९५ वर्षको उमेरमा निधन भएको छ । उनले लेखेको टेलिभिजन सिरिज ‘ओसिन’ विश्वव्यापी लोकप्रिय मानिन्छ ।

इण्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार यसै वर्षको सुरुवातदेखि अस्वस्थ रहँदै आएकी उनको लिम्फोमाका कारण निधन भएको हो ।

‘ओसिन’की अभिनेत्री पिन्को इजुमीले लेखक हासिदाको गत आइतबार उनको पश्चिमी टोकियोस्थित अटामीमा निधन भएको बताइन् ।

कोरियामा सन् १९२५ मा जन्मिएकी उनी सन् १९३० ताका जापान गएकी थिइन् ।

जापान पुगेपछि उनी सन् १९४९ मा सोचिकु फिल्म स्टुडियोमा आबद्ध भइन् । यो स्टुडियो छोडेपछि उनले आफूलाई स्वतन्त्र स्क्रिप्ट लेखकका रुपमा उभ्याइन् ।

उनले लेखेको ‘ओसिन’ सन् १९८३ देखि १९८४ सम्मा जापानको एनएचके पब्लिक टेलिभजनमा प्रसारण भएको थियो । यो सिरिजमा एक जापानी महिलाको बायोग्राफी देखाइएको छ । जसले जापानको प्रख्यात सुपरमार्केट चेनको स्थापना गरेकी थिइन् ।

‘ओसिन’ विश्वका करिब ६० बढी देशमा प्रसारण भएको थियो । हासिदाले लेखेको अन्य प्रख्यात सिरिजमा ‘वातारु सेकेन वा ओनी बाकरी’, ‘मेकिङ इट थ्रु’ थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १२ : ४५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क