शहीद रङ्गशालामा ‘फ्लड लाइट’ « Khabarhub

शहीद रङ्गशालामा ‘फ्लड लाइट’


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– शहीद रङ्गशालामा फ्लड लाइट सञ्चालनभएपछि विराटनगरवासीको वर्षौंदेखिको रात्रिकालीन खेलकूद हेर्ने चाहना पूरा भएको छ ।

काठमाडौँको दशरथ रङ्गशालापछि विराटनगरमा यो दोस्रो फ्लड लाइट हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको सोमबार साँझ उद्घाटन गर्दै तीन वर्षअगाडि सरकारले प्रतिबद्धता व्यक्त गरेअनुसार आफ्नो काम पूरा गरेको बताए । मुख्यमन्त्री राईले फ्लड लाइट सञ्चालनबाट यस क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन सहज हुने बताए ।

सामाजिक विकासमन्त्री उषाकला राईले खेलकूदको माध्यमबाट समाजमा अनुशासन कायम गरी मानव सभ्यताको विकास गर्ने बताइन । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले प्रदेश सरकारको रु पाँच करोड ४२ लाख लगानीमा फ्लड लाइट जडान गरिएको जानकारी दिए ।

विसं २०७६ असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार वटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी रु चार करोड २९ लाखमा विसं २०७७ वैशाख २५ गते सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो ।

कोरोना सङ्क्रमण रोक्न नेपाल र भारतको सीमा बन्द, अन्य आवश्यक सामग्री जडान, प्याराफिट मर्मतलगायतका कारण प्रदेश सरकारले समय सीमा थप गर्नुका साथै रु ८४ लाख थपेको सचिव कार्कीले बताए । बन्दाबन्दीको कारण भारतबाट सामग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको अमर जेभीले बताएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १ : १३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क