एसियन–अमेरिकनको समर्थनमा रिहाना « Khabarhub

एसियन–अमेरिकनको समर्थनमा रिहाना


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– पप स्टार रिहाना पछिल्लो पटक भारतमा भएको किसान आन्दोलनका बारेमा गरेको ट्वीटका कारण चर्चामा थिइन् ।

अहिले यी स्टार अमेरिकामा भइरहेको एसियन–अमेरिकन साम्प्रदायिक आन्दोलनमा आफ्नो समर्थन जनाइरहेकी छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार उनले न्यूयोर्कमा एसियन समुदायप्रति घृणा गर्नेविरुद्ध आन्दोलनमा सहभागिता जनाएकी छन् । उनी सडकमा भइरहेको आन्दोलनमा प्लेकार्डसहित उपस्थित भएकी हुन् ।

उनले हातमा हरियो र गुलाबी रंगको प्लेकार्ड बोकेकी छन् । प्लेकार्डमा ठूला अक्षरमा ‘एसियाली मूलविरुद्धको घृणा बन्द गर’ लेखिएका छन् ।

आन्दोलनमा उनी सेटो टी–सर्ट, लेदर पेन्ट र लेदर ज्याकेट लगाएकी थिइन् । उनले अनुहारमा मास्क, आँखामा सनग्लास र बेसबल क्याप लगाएकी छन् । उनलाई चिन्न निकै हम्मे परेको सञ्चारमाध्यमले जनाएका छन् ।

उनी यो विरोध प्रदर्शनमा आफ्नो सहायक टिना ट्रङका साथ देखिएकी छन् । रिहानाको तस्वीर टिनाले नै सार्वजनिक गरेकी हुन् ।

टीनाले सार्वजनिक गरेको तस्वीर तथा भिडियोमा रिहानालाई आन्दोलनकारीसँग संवाद गरिरहेको देख्न सकिन्छ ।

रिहानाको एसियन–अमेरिकन समुदायका लागि भएको समर्थनलाई महत्वपूर्ण ढंगले हेरिएको छ । अमेरिकामा पछिल्ला केही समययता एसियन–अमेरिकी मूलका मानिसप्रति हिंसाका घटना बढ्दै गएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  २ : २० बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार