एसियन–अमेरिकनको समर्थनमा रिहाना « Khabarhub

एसियन–अमेरिकनको समर्थनमा रिहाना


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– पप स्टार रिहाना पछिल्लो पटक भारतमा भएको किसान आन्दोलनका बारेमा गरेको ट्वीटका कारण चर्चामा थिइन् ।

अहिले यी स्टार अमेरिकामा भइरहेको एसियन–अमेरिकन साम्प्रदायिक आन्दोलनमा आफ्नो समर्थन जनाइरहेकी छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार उनले न्यूयोर्कमा एसियन समुदायप्रति घृणा गर्नेविरुद्ध आन्दोलनमा सहभागिता जनाएकी छन् । उनी सडकमा भइरहेको आन्दोलनमा प्लेकार्डसहित उपस्थित भएकी हुन् ।

उनले हातमा हरियो र गुलाबी रंगको प्लेकार्ड बोकेकी छन् । प्लेकार्डमा ठूला अक्षरमा ‘एसियाली मूलविरुद्धको घृणा बन्द गर’ लेखिएका छन् ।

आन्दोलनमा उनी सेटो टी–सर्ट, लेदर पेन्ट र लेदर ज्याकेट लगाएकी थिइन् । उनले अनुहारमा मास्क, आँखामा सनग्लास र बेसबल क्याप लगाएकी छन् । उनलाई चिन्न निकै हम्मे परेको सञ्चारमाध्यमले जनाएका छन् ।

उनी यो विरोध प्रदर्शनमा आफ्नो सहायक टिना ट्रङका साथ देखिएकी छन् । रिहानाको तस्वीर टिनाले नै सार्वजनिक गरेकी हुन् ।

टीनाले सार्वजनिक गरेको तस्वीर तथा भिडियोमा रिहानालाई आन्दोलनकारीसँग संवाद गरिरहेको देख्न सकिन्छ ।

रिहानाको एसियन–अमेरिकन समुदायका लागि भएको समर्थनलाई महत्वपूर्ण ढंगले हेरिएको छ । अमेरिकामा पछिल्ला केही समययता एसियन–अमेरिकी मूलका मानिसप्रति हिंसाका घटना बढ्दै गएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  २ : २० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका