श्रीमानको हत्या आरोपमा श्रीमतीसहित ४ जना पक्राउ « Khabarhub

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित ४ जना पक्राउ


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- धनुषाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतककी २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल, मृतकका भाइ अनिल मण्डल र उनीहरुका २ जना सहयोगी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार हंसपुर नगरपालिका– ६ स्थित टिल्हीका २५ वर्षीय शम्भु मण्डलको गत शुक्रबार राति घाँटीमा छुरा हानेर हत्या गरिएको थियो ।

सिरहाको अर्नामा गाउँपालिकाबाट २ जनाले देवर र भाउजूलाई घरबाट भगाउन सहयोग गरेको कारण पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

सिरहा अर्नामा गाउँपालिका–३ बस्ने तेजनारायण महरा र सोही ठाउँका विनोद कुमार महतोले हत्यापछि उनीहरुलाई भगाउन सहयोग गरेको धनुषा प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १० : १७ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र