डाक्टरलाई ‘दानव’ भनेपछि सुनिलविरुद्ध उजुरी « Khabarhub

डाक्टरलाई ‘दानव’ भनेपछि सुनिलविरुद्ध उजुरी


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतका प्रख्यात स्टेण्डअप कमेडियन सुनिल पलविरुद्ध मुम्बईको अँधेरी पुलिस स्टेसनमा उजुरी परेको छ । उनीमाथि प्रन्टलाइनमा काम गर्ने डाक्टरमाथि मजाक गरेको र उनीहरुविरुद्ध अपमानजक शब्द प्रयोग गरेको आरोप छ ।

दैनिक भास्करका अनुसार सुनिलले आफ्नो वेबसाइटमा अपलोड गरिएको एक भिडियोमा डाक्टरमाथि कोभिड संकटको आडमा मानव तस्करीको आरोप लगाएका छन् ।

‘डाक्टर भगवानका एक रुप हुन्छन् । तर ९० प्रतिशत डाक्टरले दानवको रुप धारण गरेका छन् । बिरामीसँग धोकाबाजी गरिएको छ । गरिब व्यक्तिलाई डराउने बनाइएको छ । पुरा दिन कोभिडको नाममा उनीहरुलाई बेड छैन, प्लाज्मा छैन र औषधि छैन भनेर दुःख दिइरहेको छ’, उनले भिडियोमा भनेका छन् ।

भिडियो भाइरल भएपछि सुनिलले अर्को एक भिडियो बनाउदै आफूले डाक्टरलाई निशाना नबनाएको दाबी गरेका छन् । उनले आफ्नो भनाईले डाक्टरलाई चोट पुगेकोमा माफी माग्दै आफ्नो भनाई फिर्ता लिने बताएका छन् । उनले डाक्टरलाई भगवानको प रहेको भनेका छन् ।

भिडियो सार्वजनिक हुनासाथ डाक्टरको समूहले अँधेरी पुलिस स्टेसन पुगेर आइपीसीको धारा ५०० (मानहानी) र धारा ५०५(२) अनुसार उजुरी गरेका हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ११ : २० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा