निषेधाज्ञाले अलपत्र परेका पर्यटकको उद्धार कार्य शुरू | Khabarhub Khabarhub

निषेधाज्ञाले अलपत्र परेका पर्यटकको उद्धार कार्य शुरू


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डले निषेधाज्ञाका क्रममा मुलुकका विभिन्न स्थानमा रहेको पर्यटकहरुको उद्धारको काम शुरू गरेको छ ।

त्यसका लागि बोर्डले विपद व्यवस्थापन तथा सञ्चार सेल गठन समेत गरेको छ ।

सेलले पर्यटकहरूको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बुबल सम्झौता अनुरुप भारतबाट नेपाल आउने यात्रुहरुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमन लगायतका काममा सहजिकरण गर्ने छ ।

सोही बमोजिम बोर्डले बुधवार गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौँ ल्याएको छ ।

जसअनुसार लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकन गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाण्डौं ल्याएको बोर्डले जनाएको छ ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मिति २०७८ वैशाख २१ गतेको निर्णय अनुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचिकृत होटहरूसँग सम्पर्क र समन्ववय गरी सहजिकरण गरेको छ ।

बोर्डले महामारीको समयमा आवश्यक सूचनाको अभावमा कुनै पर्यटकहरू कतै अलपत्र पर्न नपरुन तथा अन्य सरोकारवाला निकायहरूले समेत आवश्यक परेको समयमा वेभसाइटमा रहेको नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  २ : १८ बजे

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता होः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर

निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन

मनाङ– प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा

सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित

काठमाडौं – हलिउडकी पप आइकन कार्डी बी सात वर्षदेखि तानिएको

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

गलकोट– दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली– भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा ३२ लाख ४५ हजारको लागतमा चारकोठे