निषेधाज्ञाले अलपत्र परेका पर्यटकको उद्धार कार्य शुरू « Khabarhub

निषेधाज्ञाले अलपत्र परेका पर्यटकको उद्धार कार्य शुरू


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डले निषेधाज्ञाका क्रममा मुलुकका विभिन्न स्थानमा रहेको पर्यटकहरुको उद्धारको काम शुरू गरेको छ ।

त्यसका लागि बोर्डले विपद व्यवस्थापन तथा सञ्चार सेल गठन समेत गरेको छ ।

सेलले पर्यटकहरूको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बुबल सम्झौता अनुरुप भारतबाट नेपाल आउने यात्रुहरुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमन लगायतका काममा सहजिकरण गर्ने छ ।

सोही बमोजिम बोर्डले बुधवार गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौँ ल्याएको छ ।

जसअनुसार लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकन गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाण्डौं ल्याएको बोर्डले जनाएको छ ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मिति २०७८ वैशाख २१ गतेको निर्णय अनुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचिकृत होटहरूसँग सम्पर्क र समन्ववय गरी सहजिकरण गरेको छ ।

बोर्डले महामारीको समयमा आवश्यक सूचनाको अभावमा कुनै पर्यटकहरू कतै अलपत्र पर्न नपरुन तथा अन्य सरोकारवाला निकायहरूले समेत आवश्यक परेको समयमा वेभसाइटमा रहेको नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  २ : १८ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था