कृषि कर्ममा दंग जुही चावला « Khabarhub

कृषि कर्ममा दंग जुही चावला


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–एकताका बलिउडकी व्यस्त अभिनेत्री जुही चावला अहिले फिल्मबाट टाढा छिन् । उनी आजकल मनोरञ्जन जगतभन्दा पर रहेर कृषि कर्ममा व्यस्त छिन् ।

दैनिक भास्करका अनुसार जुही विगत १० वर्षदेखि कृषि कर्ममा छिन् । हालैमात्र उनले आफ्नो फार्महाउसका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् ।

तस्वीरसँगै उनले ‘वाडा फार्ममा मेरो नयाँ कार्यालय ! पूर्ण रुपमा वातानुकुलित र अक्सिजनले भरपुर । नयाँ गोठ, स्टाफ क्वार्टर र फलको रुख लगाउने योजना बनाउदै’ लेखेकी छन् ।

जुही अग्र्यानिक उत्पादनलाई प्राथमिकता दिइरहेकी छन् । उनी वुमन अफ इण्डिया अग्र्यानिक फेस्टिभल मुम्बईको ब्राण्ड एम्बासेडर हुन् ।

‘म आफ्नो फार्ममा अग्र्यानिक फसल मात्र लगाउछु । वाडा(महाराष्ट्र)स्थित फार्महाउसमा सबै उब्जनी गरेकी छु । म एक किसान हुँ’, उनी भन्छिन् ।

जुहीका अनुसार उनका किसान पिताले २० हेक्टर जमिन वाडामा किनेका थिए । उनको पिताले खेती योग्य जमिनमा लगानी गरिरहँदा जुही फिल्ममा व्यस्त थिइन् । उनको पिताको निधन पछि मात्र जुहीले खेतीमा ध्यान दिएकी हुन् ।

जुहीको फार्ममा २ सय बढी बोटको आप बगैंचा छ । बगैंचामा अन्य फलको पनि खेती गरेकी छन् ।

जुहीको जन्म नोभेम्बर १३, १९६७ मा अंबाला(हरियाणा)मा भएको थियो । जूहीले इण्डियाका प्रख्यात व्यापारी जय मेहतालाई आफ्नो श्रीमान बनाएका थिए ।

जय जूही भन्दा सात वर्ष जेठा छन् । विवाहपछि जुहीले फिल्मबाट ब्रेक लिइन् र आफ्नो पारिवारिक जीवनमा व्यस्त भइन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ४ : ३० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा