ओलीको एकताको भ्रममा नपरी संगठन निर्माणमा सक्रिय हुन नेपाल–खनाल पक्षको आह्वान (पूर्णपाठ) « Khabarhub

ओलीको एकताको भ्रममा नपरी संगठन निर्माणमा सक्रिय हुन नेपाल–खनाल पक्षको आह्वान (पूर्णपाठ)


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको नेपाल–खनाल पक्षले पार्टी एकताको प्रयासमा अध्यक्ष केपी शर्मा ओली इमान्दार नदेखिएको भन्दै वार्ताको औचित्य नभएको निष्कर्ष निकालेको छ । नेपाल–खनाल पक्षको केही दिनदेखिको भर्चुअल संवादपछि बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

जबसम्म पार्टी एकताको लागि लिखितरुपमा बुझाइएका मागहरु विश्वसनीय रुपमा पूरा हुँदैनन् तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरिने नेपाल–खनाल पक्षको निष्कर्ष छ ।

पार्टी एकताका लागि आफूहरुले अन्तिम समयसम्म प्रयास गरेको भएपनि अनेक बहानामा सार्थक हुन नदिई पार्टीलाई एकताबद्ध राख्ने चाहनामा कुठाराघात भएको आरोप लगाएकोछ । पार्टी एकताका लागि गठित कार्यदलका आफ्नो तर्फका संयोजकलाई नै कारबाही गरेर अध्यक्ष ओलीले वार्ताको औचित्य समाप्त पार्ने काम गरेको आरोप लगाउँदै नेपाल–खनाल पक्षले चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

आफूहरुले अघि सारेका मागहरु तत्काल निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुनेगरी सहमति सार्वजनिक भएमात्र ओली एकताको पक्षमा रहेको ठहरिने उल्लेख गरिएको छ ।

अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्रपूर्ण जालझेलमा अलमलिनु नहुने स्पष्ट भएको निष्कर्ष निकाल्दै नेपाल–खनाल पक्षले अब वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

यसका लागि यो समूहले देशव्यापी रुपमा संगठनात्मक स्थितिलाई सशक्त किसिमले वडा र टोलसम्म अगाडि बढाउन तल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।

ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकोले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपर्न आग्रह गर्दै नेपाल–खनाल पक्षले आ–आफ्नो ठाउँमा सशक्त र एकताबद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन नेता तथा कार्यकर्तालाई आह्वान गरेको हो ।

हेर्नुहोस् पूर्णपाठ

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ५ : ४९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको