‘अवैध जुवा’ को प्रोमोशनल भिडियो हटाउन विज्ञापन बोर्डको निर्देशन « Khabarhub

‘अवैध जुवा’ को प्रोमोशनल भिडियो हटाउन विज्ञापन बोर्डको निर्देशन


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विज्ञापन बोर्डले ‘वान एक्स वेट’ को नाममा डिजिटल प्लेटफर्म मार्फत भएका ‘अवैध जुवा’ मा लगानी गर्ने सम्बन्धी विज्ञापन हटाउन र त्यस्तो गतिविधि नगर्न निर्देशन दिएको छ ।

केही दिनयता केही चर्चित कलाकारसमेत कतिपय व्यक्तिहरुले आफ्नो यूटुव च्यानल मार्फत ‘वान एक्स वेट’ लाई प्रमोशन गर्ने खालका भिडियोहरु राख्ने गरेका छन् ।

उनीहरुले भिडियो मार्फत ‘वान एक्स वेट’ मा लगानी गरेर रिक्स विना पनि पैसा कमाउन सक्ने भन्दै उक्त गेमको विज्ञापन गरेका छन् । नेपालको कानुनले जुवा, तास र सौदाबाजीलाई अवैध मानेको छ ।

विज्ञापन बोर्डले आइतबार विज्ञप्ति जारी गरी ‘वान एक्स वेट’ को नाममा विभिन्न डिजिटल प्लेटफर्म मार्फत अवैध जुवामा लगानी गर्न सकिने सम्बन्धी विज्ञापन दिई कारोबार भइरहेको जानकारी बोर्डमा प्राप्त भएको जनाउँदै त्यस्तो काम नगर्न सचेत गराएको छ ।

विप्तिमा भनिएको छ, ‘यस्ता काम विज्ञापन ऐन २०७६ को दफा ५ को उपदफा १ को खण्ड (ख) को व्यवस्था विपरीत भएकाले तत्काल यस्ता गतिविधिहरु बन्द गर्न र प्रमोशनल भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ ।’

बोर्डले विज्ञापन नहटाए कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ कोे दफा ५ को उपदफा १ को खण्ड (क) मा ‘प्रचलित नेपाल कानूनले उत्पादन, विक्रीवितरण उपयोग वा प्रयोग गर्न निषेध गरेका कुनै वस्तु, पदार्थ वा सेवाको उत्पादन बिक्रीवितरण उपयोग वा प्रयोग गर्न प्रोत्साहन गर्ने खालका विज्ञापन गर्न नहुने’ प्रावधान छ ।

सोही दफाको खण्ड (ख) र (ग) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्न नपाइने र प्रचलित कानून बमोजिम अश्लिल मानिने विषय वा तत्सम्बन्धी अन्य विषयवस्तु वा सेवाको उपयोग वा प्रयोग गर्न वा प्रवद्र्धन गर्न प्रोत्साहन गर्न नहुने प्रावधान छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ७ : १३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको