एमालेलाई २०७५ जेठ ३ अघिको अवस्थाबाट अगाडि बढाउन ओली तयार, एकतामा आउन आह्वान | Khabarhub Khabarhub

एमालेलाई २०७५ जेठ ३ अघिको अवस्थाबाट अगाडि बढाउन ओली तयार, एकतामा आउन आह्वान


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन ६ बुँदै अपिल जारी गरेका छन् ।

आइतबार पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने बताएका छन् ।

उनले २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा पार्टी एकताको पक्षमा रहेकाहरुको आधारमा केन्द्रीय कमिटी र स्थायी कमिटी सक्रिय रहने, मातहतका कमिटी र जनसंगठनहरु पनि जेठ ३ पूर्वको अवस्थामा सक्रिय हुने बताइएको छ ।

साथै यस बीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उल्लेख गरिएको छ ।

‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्,’ ओलीले जारी गरेको वक्तव्यमा छ ।

पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार भएका ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् ।

‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,’ ओलीले भनेका छन् ।

यस्तो छ पत्र

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ९ : ४६ बजे

लुम्बिनीमा योग दिवस सम्पन्न, पाँच सयभन्दा बढी सहभागी

लुम्बिनी- लुम्बिनीमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न, भारतीय

त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरूमा

बीपीका चिकित्सकले क्यान्सरका बिरामीको घरमै पुगेर उपचार गर्ने

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरका सिकिस्त बिरामीहरूलाई

काठमाडौंको धोबिखोलामा बाढी

काठमाडौं– वर्षाका कारण काठमाडौंको धोबिखोलामा बाढी आएको छ ।  शुक्रबार

तीन दलको बैठक : सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउन नेताहरूबीच कुराकानी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउनका