सुनभन्दा मुल्यवान चिया, एक कपकै १२ लाख ! « Khabarhub

सुनभन्दा मुल्यवान चिया, एक कपकै १२ लाख !


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक कप चियाको मुल्य कति पर्ला ? १० रुपैयाँदेखि बढीमा २ सयसम्म पर्न सक्छ । स्थान र गुणस्तर अनुसार चियाको मुल्य फरक फरक हुन्छ । तर विश्वको सबैभन्दा महंगो चियाको बारेमा सुन्नु भएको छ ? जसको मुल्य लाखौं पर्दछ भन्दा पत्याउनु हुन्छ ?

नेपालमा चियाका पारखिको कमी छैन । प्रायजसो सबै मानिस चिया पिउने गर्दछन् । अझ कतिपयको त बिहानीको शुरुवात नै चियाको घुट्कीबाट शुरु हुन्छ । तर विश्वको सबैभन्दा महंगो चिया ‘द होंग पाओ’ चाहिँ दैनिक पिउन सम्भव नहोला । किनभने यसको मुल्य लाखौँ पर्दछ ।

‘द होंग पाओ’ नामक चियाको मुल्य सुनको मुल्य भन्दा कैयौं गुणा बढी छ । चीनको एक सानो शहर, फुजियानको वूइसन क्षेत्रमा पाइने ‘द होंग पाओ’ चिया स्वास्थ्यकालागि अत्यन्त लाभकारी मानिन्छ । विशेष बिरुवाबाट तयार हुने यस चियालाई जीवनदायनी मानिएकै कारणले यो सुन भन्दा मुल्यवान मानिएको हो । यस चियाको एक घुट्कीका लागि करीब १२ लाख तिर्नु पर्दछ ।

सन् २००२ मा एक धनी व्यवसायीले २० ग्राम मात्रा खरीद गर्न २८ हजार डलर तिरेका थिए । अहिले यसको एक ग्रामको मुल्य मात्र १४ सय डलर पर्दछ । अझ एक प्यालामा यसलाई पिउने भए १० हजार डलर भन्दा बढि पर्ने गर्दछ । जसको नेपाली रुपैयाँ करिब १२ लाख पर्दछ ।

‘द होंग पाओ’ चिया यति धेरै महंगो हुनुमा यो चिया बन्ने बिरुवा हो । किनभने यो जुन बिरुवाबाट बन्दछ सो बिरुवा अब संसारमा लगभग पाइँदैन । यस्तोमा प्राचीन चिया संग्रहित गरी राखेकोले यसको मुल्य लाखौं परेको हो । यो चिया बन्ने बिरुवा सन् २००५ मा समाप्त भएको बताइन्छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ०७ बजे

इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने

मङ्गलबारे– डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौं इलाममा जारी तेस्रो इलाम

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन

पक्राउ परे व्यवसायी शेखर गोल्छा

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ