केशिकाकर्षणकै कारण तौलियाले भिजेको कपाल पुछ्दा चाँडो सुक्छ « Khabarhub

केशिकाकर्षणकै कारण तौलियाले भिजेको कपाल पुछ्दा चाँडो सुक्छ


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुहाउँदा भिजेको कपाल सुख्खा पार्न हामी तौलियाले टाउको पुस्छौँ । लगतै कपाल सुख्खा हुन्छ पनि । तर यसरी कपडाले भिजेको कपाल पुछ्नासाथ कपाल सुक्छ कसरी ?

कपाल पुछ्दा सुक्नुमा सामान्य अर्थ हो, भिजेको कपालको पानी तौलियामा सर्छ र कपाल सुक्छ । तर कपालबाट रुमालमा पानी कसरी सर्छ त ? खासमा कपडाले टाउको पुछ्दा केशिकाकर्षणको माध्यमले पानी तौलियामा आउने गर्दछ । केशिकाकर्षणका कारण भिजेको कपालबाट पानी रुमालमा सर्न जान्छ ।

केशिकाकर्षण भनेको के हो ?

केशिकाकर्षण भनेको कुनै वस्तुलाई आफूतिर तान्ने प्रकृया हो । यसका लागि एउटा गिलासमा पानी भरेर त्यसमा एउटा पातलो नली डुबाइयो भने गिलासको पानी त्यो नली भएर माथितिर विस्तारै सर्दै जान्छ । अर्थात्, गिलासको पानीलाई शिशाको नलीको भित्ताले माथितिर तान्छ । यसरी कुनै पनि वस्तुले अर्को वस्तुलाई आफूतिर तान्ने प्रक्रियालाई नै वैज्ञानिकहरु केशिकाकर्षण भन्दछन् ।

केशिकाकर्षण नहुने हो भने, लालटीनमा सलेदो भएर मट्टीतेल माथि आएर बल्न सक्दैन । सुख्खा कागजले मसीलाई वा पानीलाई सोस्न सक्दैन । अझ महत्वपूर्ण रुखपातको जराबाट पानी माथितिर सोसिएर जान सक्दैन । यस्तै कपालमा कपडा दल्दा त्यहाँको पानी कपडामा आउँछ र कपाल सुक्छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ४५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर