मेयर शाक्य भन्छन् : काठमाडौँमा भित्तेलेखन गर्न पाइन्न, सर्वोच्चको फैसला हेरौँ « Khabarhub

मेयर शाक्य भन्छन् : काठमाडौँमा भित्तेलेखन गर्न पाइन्न, सर्वोच्चको फैसला हेरौँ


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्च अदालतको फैसलालाई सबैले पालना गर्नुपर्ने बताएका छन् ।

नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकाको कानुन–नीतिलाई उल्लङ्घन गर्न पाइन्न । जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ’ मेयर शाक्यले भने ।

उनले कोभिड फ्रन्टलाइनरहरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको समेत बताए ।

‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरुलाई व्यक्तिगत रुपमा धन्यवाद,’ शाक्यले भने ‘तर सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’

सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको उनले स्मरण गराए । ‘त्यसैले मेयरलाई देखाइदिन्छौँ भनेर नीति–नियमको उल्लङ्घन गरी योजनावद्ध ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौँ’ उनले भने ।

२०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो । महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ ।

पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि महानगरले सर्वोच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै नदिएको बताउँदै उनी भन्छन्, ‘त्यसबाट आयस्रोत त हुन्थ्यो नि हामीले नीति छैन भनेर दिएनौँ । त्यसैले सर्वोच्चको आदेश र महानगरको नीति मेयर, उपयमेरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ ।’

उनले यस अघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङलगायतका स्थानका भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिए ।

‘उम्मेदवार हुँदा हामी कसैले भित्तोमा प्रचार गरेनौँ’

चुनावका बेला सबै राजनीतिक दलले आफू अनुकुल नारा लेखेर प्रचार गर्न सक्थे नि भन्दै किन गरेनन्, भनी मेयर शाक्यले भने, ‘उनीहरुले नीति बाहिर जानु हुँदैन भनेर गरेनन् । म आफैँ पनि मेयरको उम्मेदवार थिएँ हामी कसैले पनि सर्वोच्च अदालतको फैसला, काठमाडौँ महानगरपालिकाकाको कानुन र नीति विपरीत जानु हुँदैन भनेर महानगरपालिकाका भित्तामा चुनावको प्रचार नगरेका हौँ ।’

उनले आफू मेयर निर्वाचितपछि संघीय र प्रदेशसभाको निर्वाचनमा समेत सहरका कुनै पनि भित्तामा पर्चा, पम्पलेट, भित्तेलेखन गर्न नदिएको स्मरण गराए ।

‘संघीय र प्रदेशसभाको निर्वाचन हुँदा म काठमाडौँ महानगरपालिकाको मेयर थिएँ,’ उनले भने, ‘सहरका कुनै पनि भित्तामा मेयरको उम्मेदवार हुँदा र पछिका निर्वाचनमा समेत त्यस्तो कार्य गर्न निधेष थियो । त्यो बेला पनि त सुन्दर नारा लेख्न सकिन्थ्यो होला । त्यो निधेष गरिएको भएर नै नदिएको हो, नगरेको हो । आगामी निर्वाचनमा पनि ती कार्य निधेष नै गरिन्छ ।’

यस विषयमा विज्ञप्ति जारी गर्दै कम्तीमा पनि सर्वोच्चको आदेशलाई पालना गर्न उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १२ : १५ बजे

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय