एमाले विवाद समाधानका लागि कार्यदलको बैठक शुरू « Khabarhub

एमाले विवाद समाधानका लागि कार्यदलको बैठक शुरू


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा शुरू भएको छ । कार्यदल बैठकले विवादका विषयमाथि छलफल शुरु गरेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा पछिल्लो समय विवादित दुई मुख्य विषयमा केन्द्रित भएर छलफल भइरहेको एक नेताले जानकारी दिए ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेको छ ।

माधवकुमार नेपाल पक्षले भने एमालेको पार्टी कमिटी माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्था अर्थात् २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेको छ ।

पार्टीभित्र विवाद बढेपछि निष्क्रिय बनेको कार्यदल फेरि सक्रिय हुँदै सोमबारदेखि छलफल शुरू भएको हो । सोमबार विगतको समीक्षा गरेर सकिएको छलफलमा आजदेखि विषयमा केन्द्रित भई छलफल भएको एक नेताले जानकारी दिए ।

ओली पक्षका संयोजक सुवास नेम्वाङले आजको बेठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने बताएका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  २ : ४६ बजे

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

बागलुङ– बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ। कृषि

भोटेकोशी बाढी : एक हजार ३६७ शव भेटिए

काठमाडौं– रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

काठमाडौं– सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न