जसपा एकताको सम्भावना टर्‍यो, आयोगले आधिकारिकताको प्रक्रिया अगाडि बढाउने « Khabarhub

जसपा एकताको सम्भावना टर्‍यो, आयोगले आधिकारिकताको प्रक्रिया अगाडि बढाउने


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारितामा आ–आफ्नै दाबी नछाडेपछि एकताको सम्भावना टरेको छ ।

मंगलबार निर्वाचन आयोगले बोलाएको छलफलमा दुवै पक्षका नेताहरुले आधिकारिक पार्टी आफूहरु नै भएको भन्दै आ–आफ्नै दावी पेश गरेका हुन् । छलफलका क्रममा आयोगले पार्टी दुवै पक्षसँग एक हुन सक्ने वा नसक्ने बारे जानकारी लिएको थियो । तर दुवै पक्षले अहिलेको अवस्थामा आफूहरु मिलेर जान नसक्ने भन्दै नियमानुसार गर्न आग्रह गरेका थिए ।

छलफलका क्रममा दुबै पक्षले आफ्नो दाबी नछाडेपछि छलफल निष्कर्षबिहीन भएको थियो । छलफलपछि महन्थ पक्षका नेता अनिल झाले अध्यक्ष उपेन्द्र यादवले आफूहरू मिलेर जान नसक्ने बताएको जानकारी दिए । उनले आफूहरु नै आधिकारिक भएको जानकारी गराएको र अर्को पक्ष सहमतिमा आउन नचाहेको जिकिर गरे ।

त्यस्तै यादव पक्षका नेता महेन्द्र राय यादवले एकताको सम्भावना तत्काल नरहेको बताए । तत्काल मिल्ने सम्भावना नभएकोले आयोगलाई आफ्नो प्रक्रिया अगाडि बढाउन भनेको उनले जानकारी दिए । आत्मआलोचनासहित अर्को पक्ष आए सहमति हुने बताएको र अर्को पक्षले नमानेको उनको भनाइ छ ।

जसपाको विवाद नमिलेपछि आयोगले वैधानिकताबारे निणर्य गर्न इजलास गठन गर्ने जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ५ मा ‘विवादका पक्षहरू उपस्थित भई विवाद निरुपण गर्न सहमत भएमा आयोगले पक्षहरूबीच भएको सहमति बमोजिम विवाद निरुपण गर्ने’ उल्लेख छ ।

छलफलमा दुवै पक्ष सहमत नभएकोले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । इजलासले अदालतले झैं कानूनी प्रमाणका आधारमा निर्णय दिने उनले बताए ।

आयोगमा यादव पक्षले पार्टीको आधिकारिकताको दाबी गरेको थियो । असार ४ गते यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३, को दफा ४३ को (ग) अनुसार आधिकारिकता दाबी गरेका थिए । अर्का अध्यक्ष ठाकुरले असार १४ गते यादवको दाबी सही नभएको भन्दै लिखित जवाफ पेश गरेका थिए ।

विवादपछि आयोगले दुवै पक्षलाई छलफलमा बोलाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने र नगर्ने बिषयले जसपाभित्रको विवाद चुलिएको थियो । जसपाको यादव पक्षले बिपक्षी गठबन्धनलाई र ठाकुर पक्षले एमाले नेतृत्वको सरकारलाई समर्थन गरिरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ३ : ०१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर