‘गन्दी बात’ अभिनेत्री गहनालाई हृदयघात « Khabarhub

‘गन्दी बात’ अभिनेत्री गहनालाई हृदयघात


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परी केही दिन अघि रिहा भएकी अभिनेत्री गहना वशिष्ठलाई हृदयघात भएको छ । हृदयघातपछि उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालका अनुसार अभिनेत्रीको फोक्सोले काम गर्न सकेको छैन । उनलाई सीपीबी पम्प दिएर राखिएको छ । सीपीबी पम्प एक कार्डियोपल्मनरी बायपास प्रक्रिया हो । जसमा हर्ट लंग नामको मेसिन लगाइएको छ र अरु अंगको सबै काम यहीमार्फत हुन्छ ।

गहनाको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा उनको प्रवक्ता फ्लिन रेमेडियोजले दिएका छन् । उनले डायबिटोलजिष्ट र कार्डियक इन्टेन्सिविस्ट डा. प्रणव काबराको भनाई उदृत गर्दै वशिष्ठको अवस्था गम्भीर रहेको बताए ।

अभिनेत्रीको स्वास्थ्यमा सोमबार बिहान सुधार भए पनि दिउँसोको समयदेखि गम्भीर बनेको हो ।

एडल्ट शो ‘गन्दी बात’मा देखिएकी गहना ६ महिना पछि जून १९ मा बायकुला जेलबाट जमानतमा रिहा भएकी थिइन् । उनी जेलमै रहँदा हृदयघात भएपछि अधिकारीहरुले सर जेजे अस्पतालमा भर्ना गरेका थिए । उनी अस्पतालमा रहँदा नै अदालतले जमानतको आदेश दिएको थियो ।

यसभन्दा अघि पनि कैयौंपटक गहनाको स्वास्थ्य खराब भइसकेको छ । उनी डायबिटिज केटोएसीडोसिस सम्बन्धी समस्यासँग जुधिरहेकी छन् ।

सन् २०१९ मा एक वेब सिरिजको सुटिङका समयमा गहना हृदयघात र कम रक्तचापका कारण बेहोस भएकी थिइन् । त्यो बेला उनको नशालाई सञ्चालनमा ल्याउन दुई घण्टा समय लागेको थियो । उनलाई त्यो बेला इलेक्ट्रिक सकसम्म दिइएको थियो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ३ : ३० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर