‘गन्दी बात’ अभिनेत्री गहनालाई हृदयघात « Khabarhub

‘गन्दी बात’ अभिनेत्री गहनालाई हृदयघात


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परी केही दिन अघि रिहा भएकी अभिनेत्री गहना वशिष्ठलाई हृदयघात भएको छ । हृदयघातपछि उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालका अनुसार अभिनेत्रीको फोक्सोले काम गर्न सकेको छैन । उनलाई सीपीबी पम्प दिएर राखिएको छ । सीपीबी पम्प एक कार्डियोपल्मनरी बायपास प्रक्रिया हो । जसमा हर्ट लंग नामको मेसिन लगाइएको छ र अरु अंगको सबै काम यहीमार्फत हुन्छ ।

गहनाको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा उनको प्रवक्ता फ्लिन रेमेडियोजले दिएका छन् । उनले डायबिटोलजिष्ट र कार्डियक इन्टेन्सिविस्ट डा. प्रणव काबराको भनाई उदृत गर्दै वशिष्ठको अवस्था गम्भीर रहेको बताए ।

अभिनेत्रीको स्वास्थ्यमा सोमबार बिहान सुधार भए पनि दिउँसोको समयदेखि गम्भीर बनेको हो ।

एडल्ट शो ‘गन्दी बात’मा देखिएकी गहना ६ महिना पछि जून १९ मा बायकुला जेलबाट जमानतमा रिहा भएकी थिइन् । उनी जेलमै रहँदा हृदयघात भएपछि अधिकारीहरुले सर जेजे अस्पतालमा भर्ना गरेका थिए । उनी अस्पतालमा रहँदा नै अदालतले जमानतको आदेश दिएको थियो ।

यसभन्दा अघि पनि कैयौंपटक गहनाको स्वास्थ्य खराब भइसकेको छ । उनी डायबिटिज केटोएसीडोसिस सम्बन्धी समस्यासँग जुधिरहेकी छन् ।

सन् २०१९ मा एक वेब सिरिजको सुटिङका समयमा गहना हृदयघात र कम रक्तचापका कारण बेहोस भएकी थिइन् । त्यो बेला उनको नशालाई सञ्चालनमा ल्याउन दुई घण्टा समय लागेको थियो । उनलाई त्यो बेला इलेक्ट्रिक सकसम्म दिइएको थियो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ३ : ३० बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि