माथिल्लो मनाङमा यातायात सुचारू « Khabarhub

माथिल्लो मनाङमा यातायात सुचारू


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– माथिल्लो मनाङमा यातायात सुचारु भएको छ । यही असारको पहिलो हप्ता आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो ।

बाढीपहिरोले क्षति पुर्‍याएको सडक मर्मत गरिएपछि माथिल्लो मनाङमा यातायात सञ्चालनमा आएको ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिए । उनका अनुसार प्राबिधिक टोली सहितको अनुगमनपश्चात यातायात सञ्चालन भएको छ ।

मनाङ समाज र पूर्व सांसद पोल्देन छोपाङका सहयोगमा यातायात सञ्चालनमा ल्याइएको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । “ गाउँपालिकाभित्र मात्रै सवारी सञ्चालनमा ल्याइएको छ, सामान ढुवानी गर्न भने सहज भएको छ,” उनले भने । खाङ्सारसम्म सामग्री ल्याउन लैजान सहज भएको उनले बताए ।

जिल्लोको तल्लो भागमा सडक सञ्जाल पूर्ण रुपमा अवरुद्ध भएको छ । माथिल्लो मनाङमा सडक सञ्जालमा कम क्षति भएकाले सवारी चलाउन लागिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । तल्लो भागमा भने सञ्चालन गर्न सक्ने अवस्था नरहेको लामिछानेले बताए । “खाङ्सारदेखि माथिल्लो पिसाङसम्म आवतजावत गर्न मिल्छ भने त्यहाँबाट तल्लो भागमा सवारी चल्न सक्दैन,” उनले भने ।

भ्राताङको भीर भने बम ब्लाष्टिङ गरेर मात्रै बाटो बनाउनुपर्ने अवस्था रहेको उनले भने । “नेपाली सेनासँग सहकार्य गरी बम ब्लाष्टिङ गरेर सडक सञ्जाल निर्माण गर्नुपर्नेछ, बनाउने तयारी गरिरहेका छौं,” उनले भने । जिल्लामा सडक सञ्जाल सहज बनाउने प्रयासमा रहेपनि धेरै ठाउँमा निसान समेत मेटिएकाले सकस भएको छ । सदरमुकाम चामेसम्म पुग्ने अवस्था भने छैन । माथिल्लो पिसाङ र तल्लो पिसाङको पुल मर्स्याङदी नदीमा आएको बाढीले बगाएपछि विच्छेद भएको छ ।

लमजुङदेखि मनाङलाई सडक सञ्जालसँग जोड्नका लागि सडक डिभिजन प्राधिकरणले शुरुआत गरिसकेको छ । अहिले जिल्लाबाट अन्यत्र जान जङ्गलको बाटो भएर हिड्नुपर्ने अवस्था छ । जिल्लाको तल्लो भागका एक गाउँबाट अर्को गाउँ जानका लागि गोरेटो बाटो समेत छैन । मर्स्याङदी नदीमा बहाव केही कम भएपनि नदीले कटान भने रोकिएको छैन । यसले गर्दा केही गोरेटो बाटो बनाएपनि नदीले बगाएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : ०१ बजे

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई

प्रधानमन्त्रीको बाचा : स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले